अब कुकुरले हैन मुसाले गर्नेछन् अपराध अनुसन्धान

अपराध अनुसन्धानको लागि विश्वभर कुकुरको पञ्योग हुने गरेको छ । विशेषत प्रहरीले अनुसन्धानको लागि कुकुरको प्रयोग गेर्न गरेको छ ।

कुकुरको स्मरणशक्ति लगायतका विशेषताका कारण तालिम दिएर अनुसन्धानमा प्रयोग गर्ने गरिएको हो । तर, अब विश्वमा कुकुरको विकल्पको खोजि गरिदै छ । यसैक्रममा अनुसन्धानका लागि कुकुरको स्थान मुसाले लिने भएका छन् ।

नेदरल्याण्डका वैज्ञानिकहरुले यस्ता तालिमप्राप्त मुसाको जमात तयार गरेका छन् जसले अपराध अनुसन्धानमा सहयोग पूराउन सक्छन् ।

यी मुसाहरुले गन्ध सुँघेर सम्बन्धित घटनाको विषयमा प्रमाण फेला पार्न मद्दत गर्नेछन् जसका कारण अनुसन्धान अधिकारीहरु अपराधीको नजिक पुग्न सक्ने छन् ।

जसका लागि बैज्ञानिकहरुले पाँच वटा जासूस मुसाको नाम म्याग्नम राखिएको छ । यी मुसाले एक प्रयोगशालामा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । गोलाबारी भएको स्थानमा यी मुसालाई छाडेपछि यी मुसाले बन्दुक कसले पड्काएको थियो र अहिले को सँग बन्दुक छ ? भनेर पत्ता लगाउने जनाइएको छ ।

यी तालिम प्राप्त मुसाले निकै राम्रोसँग यस्ता बन्दुकधारीलाई फेला पार्न सफल भएको र मुसाको त्यो तागत तालीमप्राप्त कुकुरको भन्दा बढी रहेको मुसाका प्रशिक्षक मनिक ह्यामसलेग बताउँछन् । मुसालाई कुकुरलाई जति तालिम दिनु नपर्ने र १० दिनमै पोख्त बनाउन सकिने उनको भनाइ छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण