दाहाल-ओलीको गोप्य मन्त्राणापछि खुल्यो संसद

दाहाल-ओलीको गोप्य मन्त्राणापछि खुल्यो संसद

 एक दिन अघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसदमा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपम एमालेले रहस्यमय तरिकाले आफ्नो अडानमा परिवर्तन देखाएको छ ।

आइतबार अपरान्ह सभामुखको पहलमा बसेको प्रमुख पाँच दलको शीर्ष नेताहरूको बैठकमा पनि एमालेले आफ्नो अडान कायमै राख्यो ।

केही समयपछि केपी ओली र प्रचण्ड बैठकस्थलबाट जुरूक्क उठेर एक घन्टाभन्दा बढी गोप्य मन्त्रणामा ब्यस्त भए । गोप्य मन्त्रणापछि सरकारले संशोधन प्रस्ताव टेबुल गर्ने र प्रमुख प्रतिपक्षी एमालेसहित ९ दलले सांकेतिक विरोध गर्ने सहमति भयो । बैठकस्थलमा उनीहरूको प्रतिक्षाका लागि अन्य दलका शीर्ष नेता बसिरहेका थिए ।

गोप्य मन्त्रणापछि बाहिर आएर प्रधानमन्त्रीले ओलीको उपस्थितिमै सभामुख घर्तीलाई प्रमुख प्रतिपक्षी दलको असहमति रहे पनि संसद सञ्चालन गर्नुहोस् भन्ने निर्देशनको सांकेतिक आग्रह पछि उनीहरू मिलेको अड्कलबाजी गरिन्छ ।यो समाचार आजको अन्नुर्णपोष्ट दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना