निर्वाचनसम्बन्धी दुई विधेयक सदनमा प्रस्तुत

biccकाठमाडौँ, २४ पुस । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ र ‘निर्वाचन ९कसुर तथा सजाय० विधेयक, २०७३’ प्रस्तुत गर्नुभयो ।

त्यसअघि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ती विधेयक आवश्यक भएको बताउँदै मन्त्री नायकले दुबै विधेयक सदनसमक्ष प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

विभिन्न समितिमा सदस्य हेरफेर
व्यवस्थापिका–संसद्अन्तर्गतका विभिन्न समितिका सदस्यहरूको हेरफेरमा पनि आजैको बैठकले सहमति जनाएको छ ।
त्यसअघि, सभामुख ओनसरी घर्तीले समितिका सदस्यहरूको नाम र हरेफेरसम्बन्धी जानकारी दिँदै सहमति जनाउन सदनसमक्ष आग्रह गर्नुभएको थियो ।
महाअभियोग प्रस्तावमाथिको छलफल समाप्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाअभियोगको प्रस्तावमाथिको छलफल आज टुङ्गिएको छ । बैठकले महाअभियोगको छानबिन गरी सिफारिस गर्ने प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउने निर्णय सर्वसम्मतले गरेको हो ।
महाभियोग प्रस्तावमा छलफल गर्ने कार्यक्रम आजको बैठकको कार्यसूचीमा समावेश गरिएको भएपनि त्यसमा कुनै पनि सांसदले भाग नलिएकाले सभामुखले छलफल समाप्त भएको घोषणा गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा