अवरोधकाबीच संशोधन विधेयक टेबल, सरकार विपक्षीलाई पेलेरै अघि बढ्यो
![;f]daf/ a;]sf] Joj:yflksf ;+;b a}7ssf] cWoIftf u|x0f ug'{x'Fb} ;efd'v cf]g;/L 3tL{ . tl:a/ M /Tg >]i7, /f;; .](http://newsdabali.com/wp-content/uploads/2017/01/Onsari-Gharti-Sansad-630x420.jpg)
;f]daf/ a;]sf] Joj:yflksf ;+;b a}7ssf] cWoIftf u|x0f ug'{x’Fb} ;efd’v cf]g;/L 3tL{ . tl:a/ M /Tg >]i7, /f;; .
काठमाडौं, २४ पुस । सरकारले प्रमुख विपक्षी दल एमालेसहितका नौँ दलहरूको विरोध हुँदाहुँदै संसदको बैठकमा संविधान संशोधनको विधेयक पेश गरेको छ ।
सभामुख ओनसरी घर्तीले नारावाजीका बीच संशोधन विधेयक सदनमा पेश गर्न कानूनमन्त्री अजयशंकर नायकलाई समय दिएकी थिइन् । मन्त्री नायकले पनि हतार हतारमा विधेयक बैठकमा पेश गरेका छन् ।
एमालेसहितका दलका सांसदहरूले विधेयकको विरोधमा नारावाजी गर्दै ‘राष्ट्रघाती संशोधन विधेयक’ फिर्ता गर भनेर नारावाजी समेत गरेका थिए ।
नारावाजीका बीच संसदमा विधेयक पेश भएपछि एमालेसहितका दलका नेताहरूले सरकारले पेलेर जाने नीति लिएको भन्दै आक्रोश जनाएका छन् ।
संसदको अर्को बैठक पुस २५ गते सोमबार एक बजेसम्मका लागि स्थगित भएको छ ।
एमालेसहितका दलका सांसदहरू जर्याकजुरुक उठे
संविधान संशोधनको विधेयक पेश गर्न सभामुखले पेश गर्नेवित्तिकै एमालेसहितका विपक्षी दलहरू आ–आफ्नो स्थानमा उभिएर अबरोध गरेका थिए । आज झण्डै एक महिनापछि शुरु भएको संसद बैठक सुचारु भएको छ ।