घरमा चार श्रीमती, पतिको नजर छोरीमाथि

एजेन्सी । भारतको पञ्जाबमा एक पुरुषले आफ्नै छोरीमाथि तीन महिनादेखि यौन दुर्व्यवहार गर्दै आएको खबर बाहिर आएको छ ।

गुरुग्रामको नूंहस्थित शमशाबाद गाउँमा भएको यो घटनामा संलग्न भनिएका पिताविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । ५५ वर्षीय उनले नाबालिका छोरीमाथि बलात्कार गरेको पुष्टि मेडिकल रिपोर्टबाट भइसकेको छ । उनी अहिले फरार छन् । पीडित बालिका अदालतको आदेशमा छिमेकी शमशुदीनको घरमा बसिरहेकी छन् ।

रोचक कुरा त के छ आरोपीका चार श्रीमती छन् । तर, पनि उनले आफ्नी नाबालिका छोरीमाथि तीनमहिना जबरजस्ती सम्बन्ध बनाए । उनले आफूमाथि भएको अत्याचार आमा र दिदीलाई पनि बताइन् तर उनीहरुले लाजका कारण सहयोग गरेनन् उल्टै चुप लागेर बस्न भन्दै डराए ।

पञ्जाबमा मजदुरी गर्ने पीडक पुरुषले डेढ महिनासम्म त्यही कामको सिलसिलामा छोरीमाथि अत्याचार गरे । त्यसपछि घर फर्किएपछि उनले त्यो हर्कत छाडेनन् । करिब एक महिनाभन्दा बढी समय गाउँमा पनि अत्याचार भएपछि एक दिन पीडित बालिका भागेर छिमेकीको घर पुगिन् । र, छिमेकी शमशुदीनकी श्रीमतीलाई सबै कुरा बताएपछि नूंहस्थित महिला प्रहरी थानामा उजुरी दिइयो ।

पीडित बालिका दोस्रो श्रीमतीकी पहिलो सन्तान हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना