डाक्टरलाई बाहिर काम गर्न बन्देज

डाक्टरलाई बाहिर काम गर्न बन्देज

 

चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरूलाई अस्पतालबाहिर सेवा दिन रोक लगाइएको छ। यो अस्पताल मुलुककै सबैभन्दा ठूलो क्यान्सर अस्पताल हो। चिकित्सक अस्पताल समयमै निजी अस्पताल र क्लिनिकमा जाँदा सेवा स्तर खस्किएको भन्दै सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।

यसअघि विस २०५३ देखि २०६१ सम्म चिकित्सक र कर्मचारीले बाहिर काम गर्न नपाउने व्यवस्था थियो। पछि सञ्चालक समितिले क्यान्सर विशेषज्ञ दुर्लभ रहेको र बिरामी लुकेका कारण खोज्नुपर्ने भन्दै बाहिर सेवा गर्न खुला गरेको थियो।

त्यसपछि अधिकांश चिकित्सक आफैं संलग्न भएर निजी अस्पताल खोल्ने, अस्पतालमा समय कम दिने र क्यान्सरका बिरामी चोरेर निजीमा लैजाने गर्दै आएका छन् ।यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा