प्रधानमन्त्रीले राखे एमालेका अगाडी पाँच चुनौती पुर्ण प्रश्न

prachanda

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारको संसद् बैठकबाट संविधान संशोधन विधेयक प्रक्रियामा जाने बताएका छन् । वामपन्थी नेतृ शान्ता श्रेष्ठद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ संस्मरणसंग्रह विमोचन गर्दै शनिबार उनले सर्वोच्च अदालतको आदेशपछि प्रतिपक्षी एमालेले संसद् अवरोध गर्न नसक्ने बताए ।

आइतबारदेखि संसद् फेरि चल्दै छ । त्यहाँ हामीले राष्ट्रलाई एकताबद्ध गर्न र निर्वाचन गर्न जे प्रस्ताव अगाडि सारेका छौँ, अब त्यो प्रक्रिया सुचारु हुनेछ,’ प्रचण्डले भने, ‘सर्वोच्चको आदेशपछि अब कसैले संसद् अवरोध गर्न सक्दैन ।’

संसद् खुलेसँगै संविधान संशोधन विधेयक, महाअभियोग प्रस्ताव, निर्वाचनसँग सम्बन्धित विधेकयहरू सँगसँगै अगाडि बढ्ने उनले जानकारी दिए । ‘संविधानलाई सर्वस्वीकार्य बनाऔँ, निर्वाचनतिर गएर आर्थिक समृद्धि जनताले चाहेका छन्, समाजवादको आधार तयार पार्ने भनेर जो संविधानमा भनिएको छ, त्यही दिशामा जाऔँ,’ प्रधानमन्त्रीले भने । प्रचण्डले अहिले देश अप्ठ्यारोमा परेकाले सहमतिमा आउन सबै दलहरूलाई अपिलसमेत गरे ।यो समाचार आजको नया्ँपत्रिका दैनिकले छापेको छ ।

एमालेलाई ५ प्रश्न

१. संविधानको स्वीकार्यता बढाउँदा कसरी राष्ट्रियता कमजोर ?

प्रधानमन्त्री प्रचण्डले मधेसी, थारूलगायत संविधानप्रति असन्तुष्ट दललाई सहमतिमा ल्याई संविधानको सर्वस्वीकार्यता बढाउन खोज्दा एमालेले आफूमाथि विभिन्न आरोप लगाएको भन्दै असन्तुष्टि जनाए । उनले एमालेलाई लक्षित गर्दै भने, ‘संविधानको सर्वस्वीकार्यता बढाउन खोज्दा कसरी राष्ट्रियता कमजोर भयो, कुनै जवाफ छ र ?’

२. बलजफ्ती एकताले राष्ट्र कहाँ बलियो हुन्छ ?

पुरानो सोच र संस्कारले राष्ट्रियता बलियो नहुने भन्दै प्रचण्डले पुरानो सोच, सामन्ती संस्कार भएकाहरूसँग एमालेले बलजफ्ती एकता गर्न खोजेको आरोप लगाए । ‘हामीले हिमाल, पहाड, तराई मात्र नभई सबै वर्ग, क्षेत्र, लिंग र जातिको एकता गर्ने गरी कुरा गरिरहेका छौँ,’ उनले भने, ‘एमालेले गरिरहेको बलजफ्ती एकताको कुराले राष्ट्र बलियो होला र ?’

३. कसले गर्दै छ राष्ट्रको विखण्डन ?

एमालेले एउटा जाति, संस्कार र वर्गको कुरालाई लिएर मात्रै अहिले राष्ट्रियताको परिभाषा गर्न खोजेकामा पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाए । ‘सबै वर्ग, समुदायलाई समुचित पहिचान, अधिकार र एकताको आदर्शका लागि हामी लडेका हौँ । सबैलाई एउटै सूत्रमा बाध्नका लागि हामीले आवाज उठाउँदै आएका छौँ, तर त्यसमा कति सफल भयौँ–भएनौँ, त्यो अर्को पाटो छ,’ उनले भने, ‘तर अहिले राष्ट्रियतालाई जसरी बुझाउन खोजिएको छ, त्यसले मुलुकलाई झनै विखण्डनतिर लैजान्छ ।’

४. को सच्चा राष्ट्रवादी ?

प्रधानमन्त्रीले सबैलाई समेटेर आन्तरिक राष्ट्रियता बलियो बनाउन खोज्ने कसरी अराष्ट्रवादी भए भन्दै आक्रोश पोखे । ‘मैले हेर्दा यो सोहै्रआना सोझो छ, को सच्चा राष्ट्रवादी रु’ एमालेलाई लक्षित गर्दै उनले प्रश्न गरे ।

५. संसद्मा छलफल गर्न नदिनेको लोकतन्त्र के लोकतन्त्र ?

प्रधानमन्त्रीले सरकारले संसद्मा ल्याउने प्रस्तावमा छलफल नै गर्न दिन्नौँ भन्नेलाई कसरी लोकतन्त्रवादी भन्ने भन्दै प्रश्न पनि गरे । संविधान संशोधन विधेयकका सन्दर्भमा सर्वोच्च अदालतले संसद्मै छलफल गर्ने भनेर दिएको आदेशपछि पनि एमालेले संसद् अवरोध गरे एमाले आफैँ नांगिने प्रधानमन्त्रीको भनाइ थियो । ‘सर्वोच्चले संसद्मै छलफल गर्ने भनिसकेको अवस्थामा पनि फेरि संसद् अवरोध भन्ने हो भने त्यसो भन्नेहरूको लोकतन्त्र के लोकतन्त्र ? जबरजस्ती गर्ने ? त्यसलाई कसरी लोकतान्त्रिक भन्न सकिन्छ ?’ प्रधानमन्त्रीले थपे, ‘संसद् अवरोध गरेर राष्ट्र बलियो हुन्छ त ? एकताबद्ध हुन्छ ?’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना