पर्वतको राम्जा घर भएका भूसंरक्षण अधिकृत गौतम छ दिन देखि बेपत्ता

kamal_prasad_gautam-5870a6246fd889-35966147स्याङ्जाः पर्वतको राम्जादेउराली गाबिस वडा नं ३ उपल्लो गोतामेथर घर भै जिल्ला भूसंरक्षण कार्यालय स्याङ्गजामा कार्यरत जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमलप्रसाद गौतम ६ दिनदेखि बेपत्ता छन् । प्रहरी, आफन्त र सरकारी निकायबाट गौतमको तीव्ररुपमा खोजतलास भइरहेको छ । तर, उनको अवस्था भने अझै अज्ञात छ ।घ

गएको सोमबार (१८ पुस) गते मध्यान्ह १२ बजेतिर आफ्नै कार्यालयबाट विभागतर्फ जाने भन्दै निस्केका गौतम विभागमा पुगेको खवर आयो । न त कार्यालयमा नै फर्केर आए !

अघिल्लो दिन (आइतबार) छोरीसँगको फोन वार्ताका क्रममा विभागको कामसहित आफू भोली (सोमबार) काठमाडौं आउने बताएका बावाको खवर केही नआएपछि खोजी गर्दा गौतम वेखवर रहेको खुल्न आएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यादवराज शर्माले जानकारी दिए ।

करिब ५ बर्षदेखि जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जामा प्रमुख भइ काम गर्नु भएका गौतमको घर पर्वत भए पनि उनका परिवार हाल काठमाडौंमा बस्र्दै आएका छन् । उनका दुई छोरी एक छोरा र पत्नी छन् ।

प्रहरीले कल डिटेल मार्फत् खोजतलास गरिरहेको जनाएको छ । उनको मोवाइल टावरको संकेत अनुसार मुग्लिङमा देखाएको बताइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए