‘यो देशमा जब सम्म एमाले रहन्छ तब सम्म देश बिखण्डन हुन दिदैन’

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले एमाले जीवित रहँदासम्म देशलाई विखण्डन हुन नदिने बताएका छन् । नेकपा (एमाले) सहित ९ राजनीतिक दलले भोलि राजधानीमा गर्न लागेको बृहत जनप्रदर्शनको तयारी तीब्र भइरहेकै बेला बिहीबार बिहान एमाले केन्द्रीय कार्यालयमा स्वयम्सेवकका लागि निर्देशन क्रममा उपाध्यक्ष गौतमले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा उपाध्यक्ष गौतमले अनुशासित र चनाखो भएर काम गर्न स्वयम्सेवकहरूलाई निर्देशनसमेत दिएका थिए । अभद्र तथा उच्छृंखल गतिविधिहरूमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र सानदार ढंगले सम्पन्न गर्न पनि गौतमले निर्देशन दिएका थिए । उनले जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेहरूलाई सफल हुन नदिने उद्घोष पनि गरे ।

यसै क्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै भोलिको प्रदर्शनलाई भव्य बनाउन तीव्र तयारी भएको उल्लेख गरेका छन् । भोलिको जनप्रदर्शनलाई व्यवस्थित गर्न एमालेको नेतृत्वमा पाँच सय स्वयम्सेवक परिचालन गरिने भएको छ । भोलिको जनप्रदर्शनको प्रचार–प्रसारका लागि पुस २१ गते अपरान्ह ३ बजे प्रदर्शनीमार्ग काठमाडौंबाट मोटरसाइकल ¥याली आयोजना गरिएको छ । उक्त स्थानबाट सुरु भएर भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, सिनामंगल, बत्तीसपुतली, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कमा पुगेर मोटरसाइकल ¥याली समापन हुनेछ ।

भोलि पुस २२ गतेको जनप्रदर्शन अपरान्ह १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ । त्यसभन्दा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउनेछन् । एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सो सभालाई ९ राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पुस २२ गतेको जनप्रदर्शन र त्यसअघि हुने मोटरसाइकल ¥यालीलगायतका प्रचार–प्रसारका कामहरूले आम सर्वसाधारणको आवतजावतमा कठिनाई नहोस् भन्ने कुरामा आयोजक पार्टीहरू सचेत रहेको सचिव भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘असंवैधानिक, राष्ट्र र जनविरोधी, सामाजिक सद्भाव र एकताविरुद्ध प्रस्तुत गरिएको संविधान संशोधन प्रस्तावलाई असफल पार्दै नेपाल राष्ट्र र नेपाली जनताको भविष्यलाई सुनिश्चित गर्ने ध्येयले आयोजना गरिएको भोलि पुस २२ गतेको जनप्रदर्शनमा सहभागी भई नेपाली जनताको सुदृढ एकता प्रदर्शनमा आम जनसमुदायमा अपिल गर्दछौं ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा