सङ्घीय गठबन्धनको निर्णयले प्रचण्ड सरकार धरापमा

madheshi-morcha सङ्घीय गठबन्धनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेसँगै प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ । विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले समेत संशोधन प्रस्तावमा समर्थन गर्ने प्रष्ट संकेत नगरिरहेका बेला गठबन्धनले समेत यस्तो निर्णय गरेपछि प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको हो ।
गठबन्धनको बैठकले सरकारले परिमार्जनसहित संशोधनको प्रस्ताव ल्याए मात्र त्यसमा जान सकिने निर्णय गरेको गठबन्धनका संयोजक एवम् सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् ।  गठबन्धनले संशोधनका सम्बन्धमा यसअघि राखेको परिमार्जनको माग यथावत् राखेको छ भने उसले सरकारले परिमार्जन गर्न कुनै गृहकार्य नगरेको गुनासो समेत गरेको छ । बैठकले संशोधनका सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णयलाई उचित भएको समेत जनाएको छ ।
गठबन्धनले संशोधनको प्रस्ताव अघि नबढाई घोषणा हुने निर्वाचनको कुनै अर्थ नहुने पनि निष्कर्ष निकालेको  छ ।

बैठकमा संयोजक यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका महासचिव मनिष सुमन, सङ्घीय लिम्बूवान् पार्टी नेपालका कुमार लिङ्देन, थरुहट तराई पार्टीका भानुराम थारुलगायतको  उपस्थित थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना