जंगलको नाउर स्याउँबारी पसेपछि ………….

grin-tangwe

मुस्ताङ्ग/ हिमालपारीको जिल्ला मुस्ताङ्गकै सबैभन्दा ठुलो स्याउँ बगैचामा जंगलबाट नाउर पसेपछि बगान नै सखाप हुने अवस्थामा पुगेको छ ।
मुस्ताङ्गको छुसाङ गाविस स्थित ग्रीन ताङवे अर्गानिक स्याउ बगानमा केही महिना यता नाउरको बथान पसेर बोट मास्न थालेको हो ।
दैनिक रुपमा जंगलबाट आउने नाउरले स्याउको बोट मास्ने गरेको ग्रीन ताङवेका प्राविधिक आनन्द सुनुवारले बताए । ६ बर्ष अघि शुरु गरिएको यो बगान मुस्ताङ्गकै ठुलो स्याउ बगान हो । २२ सय रोपनी क्षेत्रफलमा फैलिएको ग्रीन ताङवे क्षेत्रमा १६ हजार स्याउका विरुवा रोपिएको छ । grin-tangwe-2
प्राबिधीक सुनुवारका अनुसार नाउर पसेपछि अहिले जम्मा १४ हजार विरुवा मात्र बाँकी छन् । ‘दुई हजार भन्दा बढी बोट नाउरले सखाप पा¥यो । ’ उनले भने ‘नाउर नियन्त्रण नगर्ने हो भने बगान पुरै सखाप हुने खतरा छ’ स्याउ बगैचाको वरिपरि पर्खाल लगाएको भएपनि पर्खाल नाघेर नाउर भित्र छिर्ने गरेको उनले बताए । नाउर मानिस संग घुलमिल हुन थालेपछि धपाउँन पनि मुस्किल हुन थालेको अनुभव उनको छ । श्रावण र भाद्र महिनामा जुनसुकै समयमा स्याउ बगैचामा छिर्ने गरेका नाउर हिउँदको समयमा विशेषगरी विहान ८ बजे देखि १० बजेसम्म बगैचामा आउने गरेका छन् । केही विरुवा खाने र केही विरुवामा सिघुरी खेलेर नष्ट गर्ने गरेको कर्मचारीले बताए । बगैचाको तल्लो भागमा काम गर्दै जाँदा माथिल्लो भाग तिरबाट पस्ने र बगैचाको माथिल्लो भागमा काम गर्दै जाँदा तल्लो भाग तिरबाट नाउर पसेर चर्न थालेपछि समस्या देखिएको सुनुवारको भनाई छ ।naur
खेतबारीमा लगाएका तरकारी तथा अन्य बाली नाउरले मास्न थालेको र यसको नियन्त्रणमा समस्या देखिएको ताङवेका गाउँ मुखिया सिङ धोर्जे गुरुङले बताए । यस क्षेत्रमा नाउरको संख्या अत्याधिक छ । चरनक्षेत्र माँसिदै जान थालेपछि जंगलमा आहाराको कमि भई पानी र घाँस विरुवा खानको लागि नाउर विस्तारै वस्ती तिर आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख तुलसी दाहालले बताए । तत्कालको समस्या न्युनिकरण गर्नको लागि कम्पाउण्डको वरिपरि खाल्डो बनाउने र पर्खालमा काँडेतार लगाउन सकिने दाहालको भनाइ छ ।
नाउरको चरन क्षेत्र भएका लेकमा गोठ बनाई याक तथा भेडाच्याङग्रा पाल्न थालिएपछि चरनक्षेत्रको अभाव र डरले नाउर बस्ती तिर झर्ने गरेको र खेतबारी बगैचामा रहेका फलफुल, तरकारी अन्नबालीमा क्षति पु¥याउन थालेको सरोकारवाला बताउँछन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा