तीन छोरीलई विष खुवाएर आमाद्वारा आत्महत्या

पिपरिया-३ की गुन्द्रवेदीले तीन छोरीलाई विष खुवाएर आत्महत्या गरेकी छन् ।

विषसेवनपछि गम्भीर भएकी गुन्द्रदेवी र छोरी चन्दादेवीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

विषसेवनका कारण सिकिस्त भएका उनका दुई छोरीहरु पूजाकुमारी र राधाकुमारीको अवस्था चिन्ताजनक छ।

गुन्द्रदेवीले सोमबार साँझ पानीमा विष घोलेर छोरीहरुलाई खुवाएको पाइएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए।

गुन्द्रादेवीले गरिबीका कारण अनिश्चित भविष्य देखेर विष खुवाएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनास्थलमा पुगेको प्रहरीका अनुसार विपन्न गुद्रदेवीलाई हातमुख जोर्न समस्या थियो।यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा