मधेसवादी दलमा आर्थिक संकट : कार्यालय नेताकै घरमा

मधेसवादी दलमा आर्थिक संकट : कार्यालय नेताकै घरमा

लामो समयसम्म सरकारमा नगएको मधेसी दल आर्थिक संकटमा परेका छन् । आर्थिक संकटकै कारण केहि दलले पार्टी कार्यालय नेताकै घरमा सारेका छन्, भने केहिले पार्टी कार्यालय राखेको घरको भाडा तिर्न सकेका छैनन् ।

राजकिशोरले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकको केन्द्रिय कार्यालय काठमाडौंको बिजुलीबजारबाट गौरीघाटस्थित उनकै घरमा सरेको छ । यसअघि फोरम गणतान्त्रिकको अफिस ३ पटक सरिसकेको छ ।

शरत्सिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवादी पार्टी कार्यालय पनि पाँचपटक सरिसकेको छ । आर्थिक संकटकै कारण कार्यालय सार्नुपरेको पार्टीका नेताहरु बताउँछन् । यो पार्टीले हाल मासिक २१ हजार भाडा बुझाउँछ ।

महेन्द्र यादवले नेतृत्व गरेको तराइ मधेस सद्भावना पार्टीले तीन महिनादेखि पार्टी कार्यालयको भाडा तिर्न सकेको छैन । पार्टी एकीकरणपछि पनि नयाँ साइनबोर्ड बनाउने पैसा नभएर कार्यालयमा लामो समयसम्म पुरानै नाम झुन्ड्याइएको थियो ।

विजय गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि अहिले आर्थिक संकटमा छ । सानेपाबाट तीनकुनेमा पार्टी कार्यालय सरेको छ ।

राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीले १० बर्षदेखि पार्टी कार्यालय सारेको छैन । तर बानेश्वरको पार्टी कार्यालयलाइ कुनै बेला सम्पर्क कार्यालय बनाइएको हुन्छ भने कुनै बेला केन्द्रिय कार्यालय ।यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग