प्राधिकरण सीईओको आरोप- ढिलाइमा प्रधानमन्त्री दोषी
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा सुस्तता आउनुमा प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई जिम्मेवार ठहर्याएका छन् ।
प्राधिकरण प्रमुख ज्ञवालीले बुधबार मन्त्रिपरिषद कार्यालयमा पेस गर्न तयारी गरेको स्वेत पत्र शैलीको स्पष्टीकरणमा उक्त आरोप लगाएका हुन् ।यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पुनर्निर्माणलाई तिब्रता दिन नसकेको भन्दै एक साता अगाडि ज्ञवालीसँग पाँच बुँदामा स्पष्टीकरण सोधेको थियो ।