‘मेरी बास्सै’का कलाकारले शुरु गरे नयाँ सिरियल

हास्य विधामा रहेर शुरु गरिन लागेको कार्यक्रमको दुई भाग युट्युबमार्फत प्रसारण भइसकेको छ ।
आगामी दिनमा पनि सिरियललाई निरन्तरता दिने निर्देशक सुरेश थापाले बताए ।
निर्देशक थापाले यसभन्दाअघि कमेडी गाइज र पुर्पुरो नामक सिरियलको पनि निर्देशन गरिसकेका छन् ।
कमेडी गाइज २४ भागमा पुगिसकेको छ । टेलिसिरियल पुर्पुरो भने पोखराको फेवा टेलिभिजनसहित दमौली र सुर्खेतबाट समेत प्रसारण भएको थापाले बताए ।
सिरियलमा नेत्र राउतको कथा रहेको छ भने सुरेश थापाले यसको निर्देशन गरेका छन् । सिरियल निरन्तर रुपमा आउने सुरजले बताए । ‘मैले सकेसम्म मेरी बास्सैका सबै कलाकारलाई स्थान दिने प्रयास गरेको छु । मेरी बास्सैबाट पाउने पारिश्रमिक पनि मैले दिएको छु ।’ – उनले भने ।