नाटकमा अभिनय गर्दागदै कलाकार फुयाँलको मञ्चमै निधन

काठमाडौं, १९ पुस । वरिष्ठ कालाकार विष्णुभक्त फुयांलको निधन भएको छ ।

रंग पत्रकार विदुर गिरीका अनुसार रंगकर्मी तथा अभिनेता फुयांलको राष्ट्रिय नाचघरमा ‘महर्षि याज्ञबल्क्य’ नामक नाटक मन्चन गर्दागर्दै निधन भएको हो ।

उनको हर्टअट्याक भएर निधन भएको आशंका गरिएको छ ।

उनी चर्चित टेलिश्रृखला तितो सत्यमा ‘यो मालो’ गीतमा नाच्दै जवान श्रीमतीको बुढो श्रीमानको भुमिकामा देखिन्थे । यो भुमिकामा उनी निकै चर्चित थिए ।

निर्देशक दीपाश्री निरौलाका अनुसार फुयांलको पार्थिव शरीरलाई बीर अस्पतालमा राखिएको छ । र, अन्तिम दर्शनका लागि भोलि ११ बजेदेखि २ बजेसम्म समय तोकिएको छ । त्यसपछि शवयात्रा गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

यसअघि तितो सत्यकै अर्का कालाकार आरपी भट्टराई ‘लादालाम’को निधन भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना