पर्वत अस्पतालमा पहिलोपटक बिरामीमा रगत ट्रान्सफर

parbat-hospital१९ पुस । पर्वत जिल्ला अस्पतालमा पहिलोपटक बिरामीलाई रगत दिन थालिएको छ ।  सोमबार पहिलोपटक बागलुङ जिल्ला पैयुँपाटा– ८ की मधु केसीलाई रगत चढाएर सफल परीक्षण गरिएको हो ।

जिल्ला अस्पतालमा सुत्केरी भएकी खत्रीलाई अत्यधिक रक्तस्राव भइ सात मिलिग्राम डेसिलिटर पुगेपछि चिकित्सक सरोजचन्द्र दहालले रगत चढाएर सफल परीक्षण गरेका हुन् ।

सामान्यतया महिलाको शरीरमा १२ देखि १६ मिलिग्राम डेसिलिटर रगत हुनुपर्छ । अहिले खत्रीलाई एक पिन्ट रगत चढाएपछि अवस्था सामान्य बन्दै गएको छ । ‘ए’ पोजिटिभ रक्त समूह भएकी सुत्केरी महिला मधु केसीलाई उहाँकै श्रीमान् रामलाल खत्रीको पनि सोही रक्त समूहको रगत भएकाले निकालेर प्रदान गरिएको चिकित्सक दहालले जानकारी दिए ।

उपकरणको अभावले शरीरमा रगत कम भएपछि आवश्यक रगत चढाउन नपाउँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेकामा यहाँ रक्तसञ्चार केन्द्र स्थापना गरिएपछि रगत लिन र दिन सहज भएको हो ।

जिल्ला अस्पतालले विगत केही महिनादेखि शल्यक्रिया सेवा सञ्चालन गरेसँंगै नेपाल रेडक्रस सोसाइटिको व्यवस्थापन र जिल्ला अस्पतालको सहयोगमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा