२२ गते हुने आमसभा सफल बनाउन सासंद्लाई ओलीको दिर्देशन, सर्वोच्चको आदेशको स्वागत

cGt/f{li6«o af}4 ;Dd]ng k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ /fhwfgLdf cfof]lht @%^)cf}F a'4 hoGtL tyf cGt/f{li6«o af}4 ;Dd]ngdf ;Daf]wg ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

नेकपा (एमाले)ले संविधान सशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते हुने आमसभालाई सफल बनाउनका लागि सशक्त र प्रभावकारी भूमिका खेल्न सांसदलाई निर्देशन दिएको छ । सर्वोच्चको आदेशपछि २२ गतेको अमसभा स्थगन हुने चर्चा चलिरहेका बेला ओलीले त्यस्तो निर्देशन दिएका हुन् ।

व्यवस्थापिका–संसद् भवन, बानेश्वरमा मंगलबार बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले राजधानीको भृकुटी मण्डपमा हुने आमसभामा धेरैभन्दा धेरै जनसहभागिता जुटाउने तयारीमा लाग्न सांसदलाई निर्देशन दिए ।

एमालेले पार्टी स्थायी समितिले ओली निवास बालकोटमा गरेको निर्णयबारे सांसदलाई जानकारी दिने उद्देश्यले उक्त बैठक आयोजना गरेको थियो । बैठकमा पार्टी अध्यक्ष ओलीले संविधान संशोधनका विरुद्ध ५ नं प्रदेशमा हुँदै आएको आन्दोलनलाई अरु प्रदेशमा समेत विस्तार गर्नुपर्ने आवश्यकता हरेकोमा जोड दिए ।
सर्वोच्च अदालतबाट संविधान संशोधनको प्रस्तावका सम्बन्धमा भएको निर्णयको स्वागत गर्दै बैठकले सरकारलाई संशोधनको प्रस्ताव फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकपछि संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रदेशको सीमाङ्कनका बारेमा एमालेले उठाएको विषयवस्तु, मुद्दा र विचारलाई सर्वोच्च अदालतले पुष्टि गर्दै सही ठहर गरेको बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना