झंकनाथ ढकाल– प्रधानमन्त्रीका बिश्वासिला कर्मचारी

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग धेरै समय बिताउने यी कर्मचारीको शरीरको वजन नै ९० किलोभन्दा माथि छ । शारीरिक रूपमा जसरी उनी ‘हेभिवेट’ का छन्, उनको दैनिक काम र कार्यशैली पनि ‘हेभिवेट’ कै छ । हरेक बिहान ४ बजे उठिसक्ने यी कर्मचारी कुनै दिन राति १० बजेसम्म प्रधानमन्त्री प्रचण्डसँगै हुन्छन् ।

हातमा फाइल लिएर निकै व्यस्त देखिने यी कर्मचारी प्रधानमन्त्रीलाई नियमित बिफ्रिङ गर्छन् । विभिन्न मन्त्रालयसँग समवन्य गरिरहेका हुन्छन् ।

प्रधानमन्त्रीको दैनिक कार्यसम्पादनमा प्रत्येक दिन बिहानैदेखि राति १० बजेसम्म खटिने उनलाई फुर्सद भनेको कुन चराको नाम हो थाहा छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयमा व्यस्त अवस्थामा भेटिएका उनले भर्खरै नेपाल सरकारकोसहसचिवका लागि लोकसेवा आयोगमा परीक्षा पनि दिए । तर, अध्ययनका लागि एक दिन पनि बिदा लिएनन् । कामलाई पहिलो प्राथमिकता दिने बताउने उनले प्रधानमन्त्री कार्यालयमा आएसँगै हालसम्म एक दिन पनि बिदा नबसेको बताए ।

प्रधानमन्त्री प्रचण्डसँग सबैभन्दा निकट रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गर्ने यी सरकारी कर्मचारी हुन्– उपसचिव झंकनाथ ढकाल ।


गृह मन्त्रालयमा विपत् व्यवस्थापन शाखामा उत्कृष्ट काम गरेर चर्चा कमाएका ढकाल पूर्वप्रमुख जिल्ला अधिकारी पनि हुन् । सोलुखुम्बु र पर्वतमा प्रमुख जिल्ला अधिकारीका रूपमा सफल कार्यसञ्चालन गरेका उनलाई प्रचण्डले नै प्रधानमन्त्री कार्यालयमा ल्याएका हुन् । उनले यसो गर्नुमा ‘कामप्रतिको आफ्नो लगनशीलता, जिम्मेवारी वहन र इमानदारी’ ठान्छन् उनी ।

प्रचण्डले दैनिक जति दौडधुप गर्छन्, सोही रूपमा प्रधानमन्त्री कार्यालयका उपसचिव झंकनाथ ढकालको पनि दौडधुप हुने गर्छ । बिहान ४ बजे नै उठिसक्ने उनले कामको व्यस्तताले मर्निङवाक र शारीरिक कसरत गर्ने समय पाउँदैनन् । दिनभरि दौडधुप भए पनि उनको शरीरको वजन भने घटेको छैन । ९० किलोग्रामभन्दा बढी तौल भए पनि उनी स्वस्थ छन् ।

तौल घटाउनुपर्नेजस्तो लागे पनि समय पाएका छैनन् । आहार–विहारमा अनियमित भए पनि सामान्य ‘एक्सरसाइज’ गरिरहेको उनले बताए । भन्छन्, ‘कहिलेकाहीँ खाना खाइन्नँ । कहिलेकाँही बढी पनि खाइन्छ । शरीर लाग्ने बेला पानी खायो भने पनि लाग्दोरहेछ ।’

बिहानदेखि बेलुकासम्म प्रचण्डनिकट रहेर काम गर्ने उपसचिव ढकालसँग प्रधानमन्त्रीले सुझाव मागिरहेका हुन्छन् । ‘प्रधानमन्त्रीले विषयवस्तु र समय हेरेर सुझाव पनि माग्ने गर्नुहुन्छ । मैले प्रधानमन्त्रीलाई दिने सुझाव भनेको समसामयिक जनजीविका, वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा अप्ठ्यारोमा परेका व्यक्तिका विषय, मुलुककासमसामयिक विषयमा सल्लाह दिन आवश्यक छ,’ उनले सुनाए, ‘स्थानीय निकाय पुनःसंरचना आयोग, प्रशासनिक पुनःसंरचना आयोग महत्वपूर्ण विषय हुन् । यस सन्दर्भमा यसो गर्दा राम्रो हुन्छ भन्ने, विज्ञ साथीहरूसँग सल्लाह गर्ने र त्योअनुसारको सुझाव दिने गर्छु ।’

प्रधानमन्त्रीसँग मेरो भेट हुने भनेको फाइल सही गराउँदा र फुर्सदको समयमा हो । उहाँको खाली समय भएको बेला यसो गर्दा ठीक हुन्छ भनेर मैले सुझाव दिने गरेको छु । कुनै–कुनै विषयमा मैले के गर्दा ठीक होला भनेर सुझाव लिन्छु ।

ढकाल,ले दिनदिनै देखिएका समस्या ट्राफिक जाम, सरसफाइसम्बन्धी समस्या, काठमाडौँमा खानेपानी चुहावटका विषय पनि उठाउँछन् । सुकुम्बासी, भूमिहीनका समस्या छन्, सञ्चारमाध्यममा उठाइएका महत्वपूर्ण विषय तथा समस्यालाई तत्काल राज्यका तर्फबाट सम्बोधन गर्नुपर्नेसम्बन्धमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँछन् । उनले भने, ‘उहाँले यी सबै विषय बुझिरहनुभएको हुन्छ तर प्राथमिकता दिने विषयमा अगाडि–पछाडि हुन्छ । कुनै बेला सम्बोधन गर्नुपर्ने विषय ठ्याक्कै जानकारीमा नआएको हुन सक्छ ।’

उनले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव, राजनीतिक सल्लाहकारलगायतसँग पनि कामका विषयमा छलफल गर्छन् । ‘हामीले पनि प्रधानमन्त्रीलाई ब्रिफिङ गरेपछि सम्बन्धित निकायलाई बोलाएर छलफल गरिन्छ,’ उनले भने ।

प्रधानमन्त्रीसँग मेरो भेट हुने भनेको फाइल सही गराउँदा र फुर्सदको समयमा हो । उहाँको खाली समय भएको बेला यसो गर्दा ठीक हुन्छ भनेर मैले सुझाव दिने गरेको छु । कुनै–कुनै विषयमा मैले के गर्दा ठीक होला भनेर सुझाव लिन्छु । कतिपय कानुनी विषय हुन सक्छन्, जसमा विज्ञताको आवश्यक पर्छ, ती विषयमा सोधेर भन्नुहोस् भन्नुहुन्छ, जानेको विषय भए आफैंले नजानेको भए सम्बन्धित सचिव, सो विषयमा जानकारलाई सोधेर सुझाउँछु ।

प्रचण्डको सबैभन्दा नजिक रहेर काम गरिरहेका उनले प्रधानमन्त्री कार्यालयसम्म आइपुग्न जीवनमा धेरै संघर्ष गरेका छन् । स्याङ्जाको फाफरथोक गाविसमा मध्यमवर्गको परिवारमा जन्मेका ढकालको जीवनयात्रा उनकै शब्दमा :

घाँसदाउरा गर्दै विद्यालय

मेरो बाल्यकाल बाबुआमाको परम्परागत कृषि पेसालाई सहयोग गर्दै, गाउँमा रहेको विद्यालयमा अध्ययन गर्दै बितेको थियो ।

ग्रामीण जीवनमा बिदाका दिन गाईबस्तु चराउने, घाँस काट्ने सँगै पढाइ–लेखाइलाई अगाडि बढाइन्थ्यो । बिहान पनि घाँस–दाउराको काम सकेर हतारहतार विद्यालय जाने गरिन्थ्यो । विद्यालय गएपछि पढ्नुपर्छ भन्ने भावना हुन्थ्यो । घरमा काम गर्नुपर्ने हुँदा विद्यालय गएपछि पढ्न, लेख्न तनमन लगाइन्थ्यो ।

पढाइमा म पहिलो, दोस्रो आउनेखालको थिइनँ । चौथो, पाँचौं श्रेणीमा आउँथेँ । मैले ३ कक्षादेखि फाफरथुमकै शारदा प्राविमा ४ र ५ चाहिँ सरस्वती प्राविमा अध्ययन गरेँ । ६ कक्षादेखि प्रद्युम्न पनेरु माध्यमिक विद्यालयबाट पढाइ सुरु गरेको हुँ । २०४७ मा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको हुँ ।

क्याम्पसमा अनेरास्ववियूको सचिव

मेरो क्याम्पस जीवन पोखराको पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको हो । म आईएडमा भर्ना भएसँगै विद्यार्थी संगठनमा सक्रिय थिएँ । मैले शिक्षाशास्त्र संकायमा गणित र विज्ञान लिएर पढाइ सुरु गरेको थिएँ । पीएन क्याम्पसमा अनेरास्ववियू सचिव भएको थिएँ । साथै विद्यार्थी संगठनको गण्डकी अञ्चल समन्वय समिति सदस्य पनि थिएँ । राजनीतिक गतिविधिमा विभिन्न ठाउँ जानुपर्ने भएकाले पढाइलाई धेरै समय दिन सकेको थिइनँ ।

आईएड सकेपछि काठमाडौं

पीएन क्याम्पसबाट आईएड सकेपछि म काठमाडौँ आएँ । पढाइमा केही समय ब्रेक भयो । ३ दाजुभाइ नै काठमाडौँ आएर प्राइभेट जागिर गर्ने र राजनीति पनि गर्न थालियो । दाइ अमर ढकाल पत्रकारिता पेसामा हुनुहुन्थ्यो । उहाँले त्यतिबेला नयाँ मोर्चा दैनिक, जनादेश साप्ताहिकलगायतका पत्रिकामा सहयोगी भएर काम गर्नुहुन्थ्यो । जागिर र राजनीतिसँगै पढाइलाई पनि माथि लगियो । हामी त्यतिबेला प्राइभेट अफिसमा काम गथ्र्यौं ।

सहलेखापालबाट सरकारी सेवामा प्रवेश

२०५४ देखि सरकारी जागिर खानुपर्छ भनेर मैले खरिदार र सहलेखापालमा परीक्षा दिएँ । खरिदारमा वैकल्पिक १ नम्बरमा नाम निस्कियो भने सहलेखापालमा पास भएँ । कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीमा सहलेखापालका रूपमा काम गर्न थालेँ ।

आँखामा पट्टी बाँधिएको थियो । सुरुमा कहाँ राखियो भन्ने थाहा भएन । पछि कास्की र स्याङ्जा जेलमा राखियो । आतंककारी तथा विध्वंसक कार्य नियन्त्रण तथा सजाय ऐनअनुसार ९० दिन थुनामा राखियो, त्यसपछि म्याद थप्दै जेल सार्ने काम भयो । पछि शान्ति वार्ताक्रममा जेल मुक्त भइयो । काठमाडौँ आउनेबित्तिकै मैले हाजिर गरेर काम गर्न थालेँ ।

प्राइभेट सेक्टरमा जागिर खाँदा जागिरको सुरक्षा नहुने, हाम्रो गाउँघरमा पनि लोकसेवा लडेपछि सोर्सफोर्स पनि लाग्दैन, आफूले मिहिनेत गरियो भने पास भइन्छ भन्ने सोच भएर २०५४ वैशाखबाट त्यही सोच बनाएँ । निजामती सेवामा सामाजिक प्रतिष्ठा पनि छ, भविष्य पनि राम्रो हुन्छ, भोलि देशको सेवा गर्ने महत्वपूर्ण स्थानमा पनि पुग्न सकिन्छ भन्ने हेतुले आकर्षित गर्यो । अलि सानैदेखि यस्तो सोच भएको भए म एसएलसी पास गर्नसाथ सरकारी जागिरका लागि परीक्षा दिन लाग्थेँ होला । जतिबेला मैले सोच बनाएँ, त्यही वर्ष सरकारी जागिरमा प्रवेश गरेँ ।

नायब सुब्बाको जागिर र सेनाको यातना

जागिरसँगै पछि मैले सप्तगण्डगी कलेजबाट बीएड सकेँ । २०५६ मा नायब सुब्बा पास भएँ । जागिरक्रममा २०५८ मा माओवादी आन्दोलन उत्कर्षमा पुगेको थियो ।

त्यतिबेला १ वर्ष भन्दा बढी समय जेलजीवन बिताउनुपर्यो । तत्कालीन विद्रोही नेकपा माओवादीले स्याङ्जामा आक्रमण गरेको थियो । म पहिलादेखि नै विद्यार्थी राजनीतिमा लागेका कारण, माओवादीसँग सम्पर्क, सम्बन्ध भएको कारण नै हुन सक्छ, तत्कालीन राज्य पक्षले मलाई थुनामा राख्यो ।

त्यतिबेला म स्याङ्जा भवन विभागमा काम गर्थें । विद्रोहीले स्याङ्जा आक्रमण गरेपछि विद्रोही र समर्थकलाई त समात्ने भइहाल्यो । मेरो बुवासहित गाउँका अरू ६/७ जनालाई प्रक्राउ गरियो ।

आँखामा पट्टी बाँधिएको थियो । सुरुमा कहाँ राखियो भन्ने थाहा भएन । पछि कास्की र स्याङ्जा जेलमा राखियो । आतंककारी तथा विध्वंसक कार्य नियन्त्रण तथा सजाय ऐनअनुसार ९० दिन थुनामा राखियो, त्यसपछि म्याद थप्दै जेल सार्ने काम भयो । पछि शान्ति वार्ताक्रममा जेल मुक्त भइयो । काठमाडौँ आउनेबित्तिकै मैले हाजिर गरेर काम गर्न थालेँ ।

जेलपछि फेरि जागिर

२०६० मा छुटिपछि पुनः जागिरका लागि काठमाडौँ आएँ । जागिरका लागि पढाइलाई जोड दिने र अफिसर हुनुपर्छ भनेर ०६१ देखि पढ्न थालेँ । ०६३ मा अफिसरमा नाम निकालेर राम्रो तरिकाले देश र जनताको सेवा गर्नुपर्छ, निर्णय तहमा पुग्न लागेँ भन्ने महसुस गरेर जिममेवारीसाथ काम गर्न थालेँ । अधिकृत हुनु भनेको नेपाल सरकारको काम गर्न आइरन गेट पार गरेजस्तो लाग्थ्यो ।

मैले जागिर खाँदा जनताले तिरेको करबाट तलब खाने मान्छे, हामीले सेवा गर्नुपर्छ, पहिला हामी कर्मचारी हो भन्ने ढंगले सोच बनाएर सधैँभरि सेवा गर्नुपर्छ भन्ने भावनाले काम गर्दै आइरहेको छु । जागिरसँगै पढाइलाई पनि अगाडि बढाएँ । पछि म लोकसेवा आयोगमा सरुवा भएँ ।

अधिकृतमा नाम निकालेसँगै काठमाडौँ महानगरपालिकामा

काठमाडौ आएर अधिकृतमा नाम निकालेपछि तालिम लिएर म गृह मन्त्रालय सरुवा भएँ । त्यसपछि काठमाडौँ महानगरपालिकामा सहायक कार्यकारी अधिकृत भएर काम गरेँ । महानगरपालिकामा १६ महिना काम गर्दा काठमाडौँको फोहोर व्यवस्थापनमा एउटा प्राणाली स्थापित गरेँ ।

त्यतिखेर महानगरपालिकामा फोहोरमैला व्यवस्थापन त्यति राम्रो हुन सकिरहेको थिएन । निजी क्षेत्रले घरघरबाट पैसा उठाउने र फोहोर टेकुमा लगेर थुपारिदिने गरेका थिए । फोहोरलाई सिधै सिसडोल लैजानुपर्छ, तेल पनि धेरै बचत हुन्छ ।
निजी क्षेत्रले टेकु लगेर राखिदिने र नगरपालिकाले फेरि टेकुबाट ढुवानी गरेर डम्पिङसाइटसम्म लैजाने चलन थियो । घरबाट पैसा पनि उठाइन्छ भने त्यो फोहोर सिधै डम्पिङसाइट पु¥याउनुपर्छ भनेर नयाँ काम सुरुवात गरियो । त्यसो गर्दा एक/दुई करोड बचत हुँदोरहेछ ।

पैसामात्र उठाउने हैन, सामाजिक दायित्व पनि पूरा गर्नुपर्छ भनेर मैले यसको सुरुवात गरेँ । अरू पनि विकास निर्माणका काम गुणस्तरीय र पारदर्शी ढंगले गर्नुपर्छ र जवाफदेही हुनुपर्छ भनेर एउटा प्रणालीको सुरुवात गरेको थिएँ ।

माओवादीको नयाँ सरकार र सामान्य प्रशासन मन्त्रालय

काठमाडौँ महानगरपालिकाबाट म सामान्य प्रशासन मन्त्रालय सरुवा भएँ । त्यतिखेर भर्खर माओवादीको नयाँ सरकार आएको थियो । नयाँ ढंगले कर्मचारीले काम गर्नुपर्छ भनेर उत्प्रेरित भइएको थियो ।

जनतालाई काम गरेर देखाउनुपर्छ भन्ने थियो । माओवादी सरकारले ल्याएको नीति प्रशासनिक क्षेत्रमा सुधारका कामहरू, पुनःसंरचनाका काम अगाडि बढाउनुपर्छ भनेर ती कुराको सहजीकरणका लागि म सामान्य प्रशासन आएँ ।

त्यतिबेला मैले आफूले अलि र्‍याडिकल तरिकाले सोच्नुपर्छ, निजामती सेवा जुन सरकार आउँछ त्यही अनुसार चल्ने नभएर सदावहार एउटा पद्धतिले चल्नुपर्छ, सबै कर्मचारीले समान अवसर पाउनुपर्छ, दुर्गमदेखि हरेक ठाउँमा मान्छेले सेवा गरिरहेका छन्, राज्यको उपस्थिति देखाइरहेका छन् भने अवसरमा पनि त्यही किसिमको हुनुपर्छ भन्ने किसिमले लबिङहरू पनि गरेँ । नेपाल राष्ट्रिय कर्मचारी संगठनको संस्थापक संयोजक भएको नाताले नीतिगत रूपमा उठाएका कुरालाई व्यवहारमा उतार्दै रूपमा काम अगाडि बढाउँदै लगेँ ।

यी कामहरूको साथै मैले आफ्नो अध्ययनलाई पनि अगाडि बढाउँदै लगेँ । पछिल्लोपटक म महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयमा थिएँ । यो मन्त्रालयमा गइसकेपछि पनि मैले पूरै बालबालिका र सामाजिक क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर पूरै समय दिएँ । कार्यालय समय १० देखि ५ बजेसम्मका अवधि हैन कि अन्य समयमा पनि जिम्मेवारी लिएर बालगृह, बालसुधार गृह, तिनको उन्नती, त्यहाँ हुने कामकारबाही अझै प्रभावकारी बनाउने, सरकारको अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पूरा गर्ने सन्दर्भमा त्यहाँको नेतृत्वको निर्देशनमा काम अगाडि बढाउँदै गएँ ।

उपसचिवमा सफलतासँगै विपत व्यवस्थापनमा सक्रिय

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा रहँदा ०६९ मा उपसचिवमा पास गरेँ र गृहमन्त्रालय पोस्टिङ भएँ । त्यहाँ त मैले २४ सै घन्टा राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको प्रमुख भएर, नेपालको विपत् व्यवस्थापन क्षेत्रको तत्काल उद्धार गर्ने, २ घन्टीमा फोन उठाउने, नेपालका सबै निकायसँग सहकार्य गर्न घर नगई आफू सिंहदरबारभित्रै बसेर काम गरियो । जुरेको पहिरोदेखि बाँके, बर्दिया, दाङ र सुर्खेतको बाढीपहिरोको बेलामा मैले धेरै समय सबै निकायसँग प्रभावकारी समन्वय गरेर तत्काल उद्धार र राहत दिने काममा पूरै समय सबै संयन्त्र परिचालन, त्यसको समन्वय गर्ने भूमिका निर्वाह गरँे ।

बिहान तीन बजे उठेर प्लान बनाउँथेँ, सात बजेदेखि सबै सुरक्षा प्रमुखहरूको सहयोगमा कार्यान्वयन गर्ने अभ्यास गरेँ । जागिर भनेको पैसा कमाउनका लागि भन्ने जुन सोच छ नि, यति ठूलो पद पाएका छौँ, यति ठूलो अधिकार पाएका छौँ, यसलाई चाहिँ सेवा गर्ने महत्वपूर्ण अवसर हो र त्यही रूपमा लिनुपर्छ भनेर मैले सधैँ कार्यालय प्रमुखका रूपमा आफूमातहतका कर्मचारीलाई निर्देशनमात्र हैन, आफैँ सहभागी भएर काम गरेर देखाँउँथेँ ।

विपत व्यवस्थापनबाट प्रमुख जिल्ला अधिकारीको यात्रा

गृह मन्त्रालयमा विपत् व्यवस्थापनको क्षेत्रमा प्रभावकारी काम गर्न सकेँ भन्ने लाग्छ । त्यसपछि गृह मन्त्रालयले मलाई सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीका रूपमा पठायो ।

त्यहाँ पनि मैले प्रमुख जिल्ला अधिकारीको हैसियतले सरफाइलाई निरन्तर रूपमा अगाडि बढाउनुपर्छ भनेर अभियान सुरु गरेँ । महिला सुत्केरी हुँदा आमा र बच्चा दुवैको मृत्यु हुने सम्भावना छ भनेर धेरै उद्धार पनि गरियो । सेवा प्रवाहक्रममा दुर्गम र पिछडिएको क्षेत्रका मानिस आउँदा यो कागज पुगेन, त्यो पुगेन भन्ने जुन परम्परा छ, त्यस्तो हैन कि एउटा प्रमुख जिल्ला अधिकारीलाई यो नेपाली हो भन्ने निश्चित भयो भने सबै प्रक्रिया पुगेको छैन भने पनि नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकार छ । ६÷७ दिन लाग्छ अर्को कागज लिनलाई । आफूलाई जनताको ठाउँमा राखेर सेवा दिनुपर्छ भन्ने भावनाले दुर्गम क्षेत्रमा धेरै काम गरियो ।

बिहान तीन बजे उठेर प्लान बनाउँथेँ, सात बजेदेखि सबै सुरक्षा प्रमुखहरूको सहयोगमा कार्यान्वयन गर्ने अभ्यास गरेँ । जागिर भनेको पैसा कमाउनका लागि भन्ने जुन सोच छ नि, यति ठूलो पद पाएका छौँ, यति ठूलो अधिकार पाएका छौँ, यसलाई चाहिँ सेवा गर्ने महत्वपूर्ण अवसर हो र त्यही रूपमा लिनुपर्छ भनेर मैले सधैँ कार्यालय प्रमुखका रूपमा आफूमातहतका कर्मचारीलाई निर्देशनमात्र हैन, आफैँ सहभागी भएर काम गरेर देखाँउँथेँ ।

सोलुखुम्बुमा सरसफाइ

नेपालमा आउने पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा सोलुखुम्बु पनि एक हो । सगरमाथा जाने प्रवेशस्थल सोलु सदरमुकाम सल्लेरीमा कहिले पनि सरसफाइ भएको रहेनछ । हामीले २८ हप्तासम्म निरन्तर सरसफाइ गरेर एउटा सफा, स्वच्छ वातावरण निर्माण गर्न सफल भयौँ । सरसफाइका लागि हामी आफैँ नालीमा पस्यौँ, टाउकोदेखि जिउ सबै फोहोरले ढाकिन्थ्यो ।

खोलानाला भनेका पवित्र गंगा हुन् भनेर सरफाइका लागि सुरक्षा अंगका सबै निकायलाई अग्रसर गराएर काम गरियो । एउटा प्रमुख जिल्ला अधिकारीले चाह्यो भने सबै काम गर्न सक्ने रहेछ । पचहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिम्मेवारीपूर्वक काम गर्ने हो भने नुहुने कुरा केही छैन । हप्ताको दुई घन्टा÷एक घन्टा काम गर्न सकियो भने यो देशलाई चाहेजस्तो बनाउन सन्किन्छ ।

विकास निर्माणका काममा जति सिमेन्टी हाल्ने भनेको छ, त्यति हाल्नेजस्तो गुणस्तरको भनेको छ, त्यस्तै गुणस्तरको बनाउने, जनतालाई आफूले सकेको बेला सेवा दिने हो भने नेपाल साँच्चै विकासमा फड्को मार्छ ।

जनताको सेवा गर्न कार्यालयको समयसीमाले रोक्दैन

दुर्गम ठाउँमा अफिस टाइमभन्दा अलि पछाडि आएको जनतालाई अहिले पाँच बजिसक्यो, ल भोलि, पर्सी आउनुस् किन भन्नुप¥यो, आफू घर आउने हैन, त्यही ठाउँमा बस्ने हो भने आफूले सक्ने सानो काममा जनतालाई अल्झाउने प्रवृत्ति राम्रो हैन । सात नै किन नबजोस् उनीहरूको काम सकिदिएर खुसी पारेर पठाउनुपर्छ । मैले जनताका काम गर्नका लागि कहिले पनि कार्यालय समय तोकिनँ । उनीहरूलाई आवश्यक परेका बेला कार्यालय समय सकियो भोलि आउनुस् भनेर फिर्ता पठाइन् ।

मलाई एक जना गाविस सचिवले भन्नुहुन्थ्यो, ‘सर पाँच बजेर पैँतालीस मिनेट गइसक्यो, एकजना नागरिकताका लागि सिफारिस गरिदिनुस् न भन्न आउनुभयो । मैले सिडियो साहेबले मान्नुहुन्न होला भन्दै सिफारिस बनाइदिएँ, साँझ साढे ६ बजे त उनको नागरिकता बनिसकेछ ।’ मलाई चाहिँ जतिखेर आए पनि केही फरक पर्दैन । हामी जनताका लागि काम गर्न भनेर बसेका कर्मचारी हौँ । जनताका कुरा तत्काल रेस्पोन्स गर्नुपर्छ ।

म खासगरी विपत् व्यवस्थापनको क्षेत्रमा काम गरेको हुँदा तत्काल खोज, उद्धार र व्यवस्थापन गर्नुपर्छ भन्ने भावबाट सदैव प्रेरित हुने गरेको छु ।

हाम्रो सिष्टम कस्तो छ भने, बाढीपहिरोले घर भत्कियो भने त्यहाँको गाविससचिवलाई निवेदन लेख्नुपर्ने, पुलिसलाई रिपोर्ट गर्नुपर्ने, पुलिस कहाँ गयो दुई दिन लाग्ने, गाविससचिवलाई भेट्दै नभेटिने, सदरमुकाममा कागज लिएर आयो, प्रहरी कार्यालयमा समय लाग्ने, ५/६ हजार राहत पाइन्छ, होटेलमा बसेर खाँदैमा १० हजार सकिने अवस्था छ ।

पीडितलाई घटनास्थलमै राहत

कुनै विपत्का घटना हुँदा रातभरि पनि रेस्पोन्स गर्ने, पैसा लिएर घरघरै गएर दिने, मुचुल्का गर्न प्रहरीलाई, गाविससचिवलाई पनि घरघरमै लैजाने, राहतसामग्री खाद्यान्न जे छ घरघरमै लैजाने, जे कुरा उपलब्ध छ, आफ्नै गाडीमा हालेर लैजाने गर्‍यौँ । जनताले धेरै नयाँ कुरा खोजेका छैनन्, जनताले अप्ठ्यारो परेको बेला सरकारबाट सेवा खोजेका छन् । पाँच हजार राहत पाउनलाई दस हजार खर्च गर्न अवस्था दिनुभएन । सिडियोसँग गाडि छ, आफ्नो खल्तीबाट केही हाल्नुपर्दैन ।

भूकम्पको बेला पनि सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारीका रूपमा थिएँ । म पूरै समय खटिएँ । म आफैँ टेन्ट बोक्थेँ, चामलका बोरा काँधमा हालेर हिँड्थेँ, अरू सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी साथीहरूले पनि त्यो तरिकाले काम गर्नुहुन्थ्यो । जनताका गुनासो, समस्या तत्काल समाधान गरिदिने काम गरेँ । कर्मचारी प्रशासनको समस्या ल भोलि गरिदिउँला भनेर टारिदिने प्रवृत्ति छ ।

म असल खराब हुन सक्छु, तत्कालीन प्रमुख जिल्ला अधिकारी खराब हुन सक्छ तर हाम्रो राष्ट्रिय झन्डामुनि जनता एउटा आसले आएको हुन्छ, हाम्रो अनुहार हेर्न आएको त हुँदैनन् ।

त्यसकारण उहाँहरूको आशामा हामीले गर्न सक्ने कुरा यो हुन्छ भनेर र कानुनले नमिल्ने कुरा यो हुन्न हजुर यसो गरे मिल्छ भनेर वा यो हो बाटो भनेर भन्दियो भने पनि हामीचाहिँ त्यसै पनि जनता खुसी हुन्छन् । हाम्रो प्रवृत्ति नाकको डाँडीमा चस्मा अड्याएर यसले के दिन्छ भनेर ब्वाँसोलेजस्तै हेर्ने छ । सोलुखुम्बुका जनता म हिँड्ने बेला हाम्रा लागि सजिलोसँग काम गरिदिने मान्छे चाँडै जान लाग्नुभयो भन्थे ।

पर्वतमा प्रमुख जिल्ला अधिकारी

सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीबाट सरुवा भएर म पर्वत गएँ । पर्वतमा पनि धेरै काम गरेँ । पर्वत पनि मेरो जन्मस्थान स्याङ्जाको नजिक भएकाले मेरो पृष्ठभूमिलाई लिएर धेरैले ल माओवादी आयो भनेर अर्कै तरिकाले हेर्न थाले ।
तर, मैले कसैको कुनै कुरा नसुनी व्यावसायिक ढंगले आफ्नो काम अघि बढाएँ । पर्वतको कुस्मामा पनि मैले २५ हप्तासम्म मानवसाङ्लो बनाएर सरसफाइ अभियान चलाएँ । सबै गाविसमा त्यसरी नै सरसफाइ अभियान चलाउनुपर्छ भनेर काम अघि बढाएँ ।

कालीगण्डकी प्रसारण आयोजनाको काम रोकिएको थियो, के रहेछ भनेर हेरेँ, त्यहाँ चार वर्षदेखि मुआब्जा वितरणसम्बन्धी समस्याका कारण काम रोकिएको रहेछ । त्यहाँका जनतासँग रोएँ, कराएँ, हात जोडेँ, उनीहरूलाई यो आयोजना बन्यो भने हाम्रो भविष्य बन्छ भनेर कन्भिन्स गरेँ । झिम्रुक बन्यो प्युठान झलमल्ल छ, बाटो बन्यो, पोजेक्ट चल्न दिनुपर्छ भनेँ । हिजो आन्दोलन गरिरहेका जनता मेरो कुरा सुनेपछि उनीहरू सहमत भए ।

आज त्यो आयोजना सुरुवात भएको छ, मलाई साँच्चै खुसी लागेको छ । कालीगण्डकी प्रसारण आयोजना अगाडि बढेकोमा मलाई ठूलो गर्व छ ।

त्यस्तै त्यहाँ युनाइटेड मोदी भन्ने १० मेगावाटको हाइड्रोपावर पनि सञ्चालनमा छ । गत वर्ष त्यतिबेला भारतको नाकाबन्दीको समय थियो । कर्मचारीले हडताल गरेका थिए ।

हडताल गर्ने कर्मचारीसँग छलफल गरौँ भनेँ । उनीहरूले वार्ता गर्ने भए । यहीँ आउनुपर्छ नत्र गर्दैनौँ भने । मैले उनीहरूलाई काम गर्ने भए गर्नुस् गर्नुहुन्न भने मैले आर्मी/प्रहरी लगाएर कुनै पनि हालतमा दीपावलीमा बिजुली बाल्नुपर्छ भनेँ । मलाई अरू कुरा थाहा छैन तपाईंंहरूको माग के हो भनेँ । मैले व्यवस्थापकसँग पनि कुरा गरेर तपाईंले हामीलाई केही दिनुपर्दैन कर्मचारीका लागि के–के गर्नुपर्ने हो गर्नुस् भनेँ ।

अहिले लोडसेडिङको समयमा १० मेगावाट बिजुली भनेको ठूलो हो । यसले धेरै लाख सिलिन्डरको काम गर्छ । त्यसकारण यो बिजुली बल्नुपर्छ भनेपछि व्यवस्थापनले हुन्न हामी मान्दैनौ भन्थे । मैले यो यो विषय हो हुन्न भने तपाईंहरू ३१ जना जागिरबाट निस्कनुपर्छ, यहाँ म अरूलाई नै जागिर खुवाउँछु भनेपछि काम अघि बढ्यो । कतिपय अवस्थामा धम्की नै दिनुपर्ने अवस्था आउँछ ।

२०२२ मा बनेको भवनबाट जिल्ला प्रशासन कार्यालय चलेको रहेछ, नयाँ भवन बनाउनुपर्छ भनेर त्यही वर्ष बजेट पारेर गएको वर्षदेखि काम नै सुरु भयो । यस्ता ३८ वटा महत्वपूर्ण कामहरू गरियो । जसले मलाई सन्तुष्टि पनि मिलेको छ । सात महिना २४ दिन काम गरेर म गृह मन्त्रालय आएँ । मलाई निजामती कर्मचारीको चौबीसै घन्टा समय सरकारको हुन्छ भनिएको छ, सरकारको समय भन्नु नै जनताको समय हो । सरकारको काम कहिले जाला घाम भन्दा पनि सेवाभावले काम गर्ने हो । हामीले यति ठूलो पद तथा पावर पाएका छौँ, हाम्रो यो पावरलाई कहिले पनि मिसयुज गर्नुहुन्न । राम्रो कामका लागि अगाडि बढाउनुपर्छ ।


प्रचण्डको सोचअनुसार अघि बढे समृद्ध बन्छ नेपाल

प्रधानमन्त्री प्रचण्डले जसरी लोडसेडिङ अन्त्यका कुरा, पानी चुहावट नियन्यन्त्रणलाई अगाडि बढाइरहनुभएको छ, लोडसेडिङपछि पानी चुहावट नियन्त्रणका लागि उहाँले ध्यान केन्द्रित गर्नुभएको छ । काठमाडौँको ट्राफिक जामदेखि सरसफाइलगायत अन्य विभिन्न विषय राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न भयो भनेर आफैँ दगुरिरहनुभएको छ । सबै राज्यसंयन्त्र प्रधानमन्त्रीको सोचअनुसार अघि बढ्ने हो भने साँच्चै समृद्ध नेपाल बनाउन सकिन्छ ।
एसियन टाइगर हङकङ, जापान, सिंगापुर, कोरिया पनि त्यसै विकसित भएका हैनन् । अलोचना गर्नेभन्दा पनि हामी आफैँले आ–आफ्नो ठाउँबाट मेरो पनि केही दायित्व छ भनेर काम गर्न सक्यौँ भने साँच्चिक्कै समृद्ध नेपाल बनाउन सकिन्छ । नकारात्मक सोचले हामी सबैलाई गाँजेको छ ।

हामी आफू बसेको घर अगाडिको कसिंगर आफंै व्यवस्थापन गर्न सक्दैनौँ । सरकारले गरेन भनेर आलोचना गरेर बस्छौँ । म सरफाइ अभियानमा लाग्दा के हो यस्तो सिडियो भएर पनि बढारिरहेको छ भन्थे, त्यस्तो हैन हामी सबै सफामा बस्न चाहनुप¥यो के ।

मेरो काममा पूर्णतः व्यवसायिकता

काम गर्दाखेरी आफूप्रति इमानदार हुनुपर्‍यो । मैले जनताको करबाट तलब लिएको छु, त्यसकारण मैले १० देखि ५ बजेसम्म बसेर नतिजा देखिनेगरेर काम गर्नुपर्‍यो भन्ने भावना सबैमा विकास हुनुपर्‍यो, जुनसुकै पार्टीको नेतृत्वमा सरकार बनोस्, त्यसलाई आधार नबनाएर हामीले व्यवसायीक रूपमा काम गर्नुपर्छ । हामी एउटा व्यावसायिक अंग हौँ । म पनि कुनै विचारधारा मान्यताको नजिक छु तर मेरो काममा कहिले पनि राजनीतिक विचारधारा देखिँदैन । अहिले म प्रधानमन्त्री सचिवालय कक्षमा बसेको छु तर मेरो काममा पूर्णतः व्यावसायिकता छ ।

यहाँ थोरै राजनीतिक विचार बोकेका, विगतमा जनयुद्धमा जोडिएका कार्यकर्ता पनि सहयोगका लागि आउनुहुन्छ, अरूहरू पनि आउनुहुन्छ, प्रधानमन्त्रीलाई आउने भनेको त राजनीतिसँग जोडिएको विषय नै धेरै हुन्छ । र पनि हामीले त्यसलाई सम्बोधन गर्दा यो त कांग्रेसको, यो त एमालेको भन्नुहुँदैन, त्यसलाई व्यावसायिक ढंगले काम गर्नुप¥यो । सरकारको नीतिमा जे कुरा उल्लेख भएको छ, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने भनेको प्रशासनले हो । स्रोत साधन पुगेन भने पुगेन भन्नुप¥यो, हाम्रो नियम कानुनले कुनै कुरा थोरै पुगेन भने पनि त्यसलाई स्वीकार गर्न नसक्ने अवस्था छ बरु राम्रो कुरा छ भने त्यसलाई ग्रहण गर्ने हुनुपर्छ ।

जस्तो सशस्त्र प्रहरी जवानले २ सय मिटर तल सेती नदीको खोँचमा गएर झरेको बच्चा निकाल्नुभयो । पदक पनि त्यस्तो मान्छेले पाउनुपर्‍यो । कार्यालय–कार्यालयबीच राम्रो काम गर्नका लागि पनि प्रतिस्पर्धा सिर्जना गराउनुपर्‍यो ।

संविधानले संघीयता आइसकेको बेला कहिले पाँच, कहिले कति प्रदेश भन्दा चिन्ता लागेर आउँदोरहेछ । प्रदेश भन्ने विषय त त्यहाँको भूगोल र अवस्थालाई हेरेर राजनीतिक निर्णय हुने विषय भयो । ९० प्रतिशत जनताले चुनेका जनप्रतिनिधिले बनाएको संविधान ९० प्रतिशत जनताले मानेको संविधान हो नि त । अहिले संघीयता भनेको त हाउगुजी, कहीँ सफल नभएकोजस्तो देखाइदिने प्रवृत्ति छ, यो राम्रो हो जस्तो मलाई लाग्दैन ।

कर्मचारी प्रशासनमा अलि अराजकता बढ्दै गएको छ

कार्यालय–कार्यालयबीच प्रतिस्पर्धा भयो भने सामूहिक प्रयास पुग्छ । व्यक्तिगत प्रयास सामूहिकतामा बदलिन्छ । कुरा गर्ने संस्कृति छोडेर कामको संस्कृति विकास गर्नुपर्‍यो । कार्यालय आयो, एकछिन राजनीतिक गफ गर्‍यो, १२ बजे खाजा खान भनेर हिँड्यो, दुई–तीन बजे कार्यालयतिर फर्कियो, व्यक्तिगत काम के छ गर्‍यो, सेयर बजार के छ, सामाजिक सञ्जालमा के छ हेर्‍यो, यस्तो प्रवृत्तिका कर्मचारी सरकारी सेवामा हानिकारक छन् । इमानदार रूपमा काम गर्ने थोरै कर्मचारीले मात्रै धानेका छन् ।

अल्लि अगाडिसम्म दस बज्नुभन्दा पाँच मिनेट अगाडि आएर दिनभरि काम गर्ने, सुपरीवेक्षकलाई काम देखाउँथे तर अहिले कर्मचारीमा अलि अराजकता बढ्दै गएको छ । यो प्रवृत्ति सुधार्न आवश्यक छ ।

यसका लागि हामी आफूबाटै सुधार गर्न सकियो भने राम्रो हुन्छ । आर्थिक, राजनीतिक, प्रशासनिक रूपमा केही सुधार होला कि भन्नेमा म आशावादी छु । हामी छिट्टै संघीयतामा जाँदै छौँ । प्रशासनिक संरचना निर्माणमा लागिरहेका छौँ । यो हाम्रा लागि महत्वपूर्ण अवसर पनि हो । हामीले अहिलेसम्म के–के कमजोरी गरेका छौँ, त्यसलाई सुधार्ने महत्वपूर्ण अवसर हो ।

२०११ देखि यहाँसम्म आउँदा प्रशासनिक निकायमा विभिन्न अभ्यास गरेका छौँ । यी अवधिमा हाम्रो कार्यसम्पादनमा केले बाधा गर्‍यो, के–के कमजोरी रहे, हामीले सबै कुरा बुझेका छौँ । ती कुरा बुझिसकेपछि हामी संघीयतामा जाँदा जनतालाई अझ नजिकबाट छिटो गुणस्तरीय सेवा दिनुप¥यो । राम्रो काम गर्नेलाई पुरस्कार, नराम्रो काम गर्नेलाई दण्ड दिने अवसर छ ।

संघीयता आइसकेको बेला कहिले पाँच, कहिले कति प्रदेश भन्दा चिन्ता लागेर आउँदोरहेछ । प्रदेश भन्ने विषय त त्यहाँको भूगोल र अवस्थालाई हेरेर राजनीतिक निर्णय हुने विषय भयो । ९० प्रतिशत जनताले चुनेका जनप्रतिनिधिले बनाएको संविधान ९० प्रतिशत जनताले मानेको संविधान हो नि त । अहिले संघीयता भनेको त हाउगुजी, कहीँ सफल नभएकोजस्तो देखाइदिने प्रवृत्ति छ, यो राम्रो हो जस्तो मलाई लाग्दैन । दिस इज द गुड अपरच्युनिटी अफ अस टु इम्प्लिकेसन अफ फेडेरालिजम इन आवर कन्ट्री विथ इन आवर वन कन्टेस्ट । हामीले पहिलाको अर्को प्रद्धति पनि अभ्यास गरिसक्यौँ नि त ।

मेरो दैनिकी : बिहान चारदेखि राति १० बजेसम्म

बिहान साढे ४ बजेसम्म उठिसक्छु । प्रधानमन्त्रीले कुनै कार्यक्रममा भाग लिन जानुपर्नेछ वा सम्बोधन गर्नुपर्नेछ भने उहाँले बोल्ने भाषणको तयारी गर्ने काम हुन्छ । यहाँको भाषण निजी सचिवालयबाट प्राप्त हुन्छ, नभएको दिन विषयवस्तु हेरेर आफँैले तयार पारेर इमेल पठाउँछु । यो एउटा सहजीकरण गर्ने काम हो ।

त्यसपछि देशको समसामयिक विषयवस्तु के छन्, गर्नुपर्ने काम के–के छन्, आफूले डायरीमा टिपेका गर्नुपर्ने काम सकेपछि बिहान ८ बजे कार्यालयका लागि निस्कन्छु । बालुवाटारमा काम भएको बेला बालुवाटारमा र त्यहाँ काम नभएको बेला सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउँछु ।

कार्यालयमा प्राप्त फाइलदेखि ज्ञापनपत्र, हरेक विषय अध्ययन गरेर प्रधानमन्त्रीलाई पेस गर्छु । प्रधानमन्त्री कार्यालयमा आएपछि त्यसलाई सदर गराएर तत्तत् निकायमा पठाउने काम गरिन्छ ।

त्यसपछि प्रधानमन्त्रीको भेटघाट, बैठक छ भने म पनि ती भेटघाट बैठक छ भने प्रधानमन्त्रीसँगै हुन्छु, प्रधानमन्त्रीले के निर्देशन गर्नुभएको छ, निर्देशनअनुरूप कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने र अन्य निकाय र मन्त्रालयबीच समन्वय गर्ने काम गर्छु ।

प्रधानमन्त्री उपत्यकाबाहिर जाँदा सँगै

प्रधानमन्त्री बाहिर जाँदा प्रायः सँगै हुन्छु । काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा भने उहाँसँग गइँदैन, काम भएको बेला बिहान सातै बजे बालुवाटार गइन्छ, कहिले आठ बजे गइन्छ, कहिलेकाँही ९ बजे गइन्छ, कार्यालयको हिसाबले बिहान ९ बजे कार्यालय आइन्छ, चार–पाँच बजेसम्म कार्यालयमा बसिन्छ । त्यसपछि बालुवाटारमा जाँदा बेलुका सात, आठ, नौ बज्छ । कामको चाप, प्राथमिकता हेरेर हुन्छ । एकप्रकारले भन्दा बेलुका सुत्ने समय र बिहान एकछिन फ्रेस हुने समयमात्रै आफ्नो हुन्छ, आवश्यक परेको बेला प्रधानमन्त्री कार्यालय र यससँग सम्बन्धित काममै व्यस्त हुन्छु ।

मैले बेलुका पनि कुनै नयाँ विषयमा केही गर्न सकिन्छ कि भनेर आफैँ अग्रसर भएर काम गर्ने गरेको छु ।

जतिखेर पनि के गर्दा राम्रो गर्न सकिएला त, के गर्दा राम्रो प्रतिफल आउन सक्ला त भन्नेबारे चिन्तन गरिरहेको हुन्छु । आफ्नो दिमागको क्षमताले भ्याएसम्म कसरी राम्रो गर्न सकिएला यो विषय आएको छ, यो विषयमा के हुन सक्ला भनेर तत्काल प्रधानमन्त्री कार्यालयको प्रमुख स्वकीय सचिव, राजनीतिक सल्लाहकारलाई आफ्नो तहबाट जानकारी गराउने गरेको छु ।

विज्ञहरूसँग कुरा गरेर प्रधानमन्त्रीलाई सल्लाह

प्रधानमन्त्रीले राम्रो गरिरहनुभएको छ, अरू साथी, विज्ञसँगको सरसल्लाहबाट प्राप्त सुझावलाई त्यो विषयमा यसो गर्दा अझ राम्रो हुन्छ भनेर सल्लाह दिने गरेको छु ।

प्रधानमन्त्री यहाँ आउनुभएको बेलादेखि आफ्नो पेसागत व्यावसायिक रूपमा मैले गर्नुपर्ने कुरामा कुनै कमी गरेको छैन । मेरो सबै समय यहीँ होस्, केही गर्न सकियोस भनेर नै लागिपरेको छु ।

थोरै समय छ, प्रधानमन्त्रीले देशका लागि केही नतिजा चाहिराख्नुभएको छ, त्यसका लागि हामीले सहजीकरण गर्ने, परिपुरुण गर्ने विषयमात्र हाम्रो हो । हामीले कुनै विषयमा निर्णय गर्ने होइन, जे होस् यसो गर्दा राम्रो हुन्छ भन्ने हो । कुनै विषयमा मलाई जोकसैले राम्रो सुझाव दिन्छ भने प्रधानमन्त्रीसम्म पु¥याउने काम मेरो हो ।

थप बिदा लिएको छैन

अस्ति सहसचिवको परीक्षा थियो । मैले एक दिन पनि बिदा लिइनँ । पत्रपत्रिकामा पनि कर्मचारी बिदा लिएर बसे भन्ने समाचार आएको थियो । मैले परीक्षाका दिनमात्रै बिदा लिएँ । प्रधानमन्त्री कार्यालयमा आएपछि मैले लिएको एकमात्र बिदा नै त्यही थियो । नत्र मैले सबै समय प्रधानमन्त्री कार्यालयमै काम गरेर बिताएको छु ।

प्रधानमन्त्रीको थोरै समय : अपेक्षा धेरै

थोरै समय छ, प्रधानमन्त्रीले देशका लागि केही नतिजा चाहिराख्नुभएको छ, त्यसका लागि हामीले सहजीकरण गर्ने, परिपुरुण गर्ने विषयमात्र हाम्रो हो । हामीले कुनै विषयमा निर्णय गर्ने होइन, जे होस् यसो गर्दा राम्रो हुन्छ भन्ने हो । कुनै विषयमा मलाई जोकसैले राम्रो सुझाव दिन्छ भने प्रधानमन्त्रीसम्म पु¥याउने काम मेरो हो ।

वैदेशिक रोजगारीसम्बन्धमा धेरै समस्या देखिए, प्रधानमन्त्रीले त्यसलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्नुभयो । कर्मचारीको काम हेर्न र मूल्यांकन गर्न अहिले अनलाइन सेवा सुरु भएको छ, उहाँले प्रधानमन्त्री भएपछि ४८ बुँदे घोषणपत्र जारी गर्नुभएको थियो, त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा पनि कुन–कुन विषय कार्यान्वयन भए कुन–कुन भएनन् समीक्षा गरेर यो विषयमा कार्यान्वयन गर्न बाँकी विषयलाई समयसीमा बनाएर काम अघि बढाइरहेका छौँ ।

प्रधानमन्त्रीले मेरो लगनशीलता, कामप्रति मैले निर्वाह गर्ने भूमिका र जिम्मेवारीलाई हेरेर नै उहाँले मलाई प्रधानमन्त्री कार्यालयमा कार्यसम्पादन गर्ने अवसर दिनुभएको हो ।

प्रधानमन्त्री कार्यालयमा जोसुकै केही काम होला कि भन्ने आशा लिएर आएका हुन्छन् । मैले प्रधानमन्त्रीलाई जानकारी गराएर उहाँहरूको कुनै काम बन्छ भने म सधैँ सहयोग गर्न तयार छु । प्रधानमन्त्री कार्यालयमा निवेदन लिएर आएका अधिकांश केही न केही अप्ठ्यारो परेर आएको होलान् भन्ने महसुस गर्छु, त्यसलाई सकारात्मक रूपमा लिएर आफूले गर्न सक्नेसम्मको फोन गरिदिएर हुन्छ कि अथवा चिट्ठी पठाइदिएर हुन्छ सहजीकरण गरिदिने गरेको छु ।

कतिपय विषय प्रधानमन्त्रीलाई नै देखाउनुपर्ने छ भने उहाँलाई पनि देखाउने व्यवस्था मिलाउँछौँ । यहाँ त धेरै निवेदन आउने गर्छन्, तिनको प्राथमिकता हेरेर कार्यसम्पादन गर्छौं । कोही गलत मान्छेले यो काम गर्दे भनेर आएको अवस्था पनि छैन, हामीले त्यस्ता विषयलाई हेर्ने कुरा पनि हुँदैन ।

परिवारलाई दिने समय प्रधानमन्त्री कार्यालयलाई

परिवारलाई समय दिनुपर्छ भन्ने मान्यतासँग सहमत छु तर प्रायः मेरो सबै समय प्रधानमन्त्री कार्यालयलाई नै दिएको छु । जागिर खाएपछि बिहान १० देखि साँझ ५ बजेसम्म कार्यालयको कामलाई दिएको छु । म आफ्नो पेसाप्रति एकदमै इमानदार छु र हुनुपर्छ । परिवारलाई दिनुपर्ने समय दिन पाएको छैन । प्रतिकूलताभित्र अनुकूलता खोज्ने भन्ने हुन्छ, सामान्यतया बिदाको दिन कार्यालय आउनुपरेन भने परिवारलाई समय दिने गरेको छु ।

मेरो सन्तुष्टि

काठमाडौँ महानगरपालिकामा सहायक कार्यकारी अधिकृतका रूपमा काम गर्दा राजधानीको फोहोरमैला व्यवस्थापनमा नतिजा दिन सकेँ ।

सोलुखुम्बु र पर्वतको प्रमुख जिल्ला अधिकारी तथा गृह मन्त्रालयमा रहेर विपत व्यवस्थापनका क्षेत्रमा गरेको काम र त्यसबाट प्राप्त सफलताले मलाई गौरवानुभूति हुने गरेको छ ।

गृहमा १८ महिना विपत् व्यवस्थापनमा काम गरेँ । जुरे पहिरो, बाँके, बर्दिया, दाङ, सुर्खेतलगायतका क्षेत्रमा बाढीपहिरो गएको थियो । विपत्का बेला तत्काल रेस्पोन्स गरेर समग्र नेपालको विपत् व्यवस्थापनलाई प्रभावकारी भूमिका निर्वाह गर्न सकेँ ।

ढकालकै शब्दमा :

प्रधानमन्त्रीको मुख्य चासो : पुनर्निर्माणको काम छिटो बढोस्

प्रधानमन्त्रीको यतिबेलाको मुख्य चासो पुनर्निर्माणको काम छिटो अगाडि बढोस् भन्ने छ ।

प्रधानमन्त्री बिहान ६ देखि राती १० बजेसम्म हरेक समय कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनुहुन्छ, कसरी पुनर्निर्माण छिटो गर्ने भन्ने छ ।

भूकम्पपीडितलाई पहिलो किस्ताको रकम ४५ दिनभित्र दिन प्रधानमन्त्रीले दिनुभएको निर्देशन ९० प्रतिशत सफल भएको छ । पुनर्निर्माणपछि संविधान कार्यान्वयनमा प्रधानमन्त्री प्रचण्डको ध्यान केन्द्रित रहेको मैले पाएको छु । संघीयताअन्तर्गत प्रदेश विभाजनका देखिएका केही समस्या हल गरी स्थानीय तहको निर्वाचन गर्नेबारे प्रधानमन्त्रीको कसरत प्रशंसा योग्य रहेको छ ।

जनतालाई लगेर खुरुखुरु पैसा दिन के समस्या छ र भन्ने प्रधानमन्त्रीले सोच्नुभएको छ । तर, प्राधिकरणले भने प्रधानमन्त्रीको आसयअनुसार काम गर्न नसकेको हो कि भन्ने देखिएको छ । पुनर्निर्माणका सन्दर्भमा प्रधानमन्त्रीको सोचाइ फास्ट बुलेट ट्रेन जस्तो र प्राधिकरणको हिँडाइ कछुवाकोजस्तो अमिल्दो भइरहेको अनुभव गरिहेको छु ।

यी विषयका साथै काठमाडौँका खाल्डाखुल्डी पुर्नेदेखि समग्र उपत्यका विकासका लागि योजना बनाएर काम गर्नेदेखि विश्वविद्याल, प्रादेशिक विश्वविद्यालय, उच्च अदालतको गठनलगायतका यी काम अगाडि बढिरहेका छन् ।
मुख्य कुरा त काम गरौँ भन्ने भावना, यो देशमा केही गर्नुपर्छ भन्ने भावनाचाहिँ उहाँमा भित्रैदेखि छ । नेपालमा सानो उमेरदेखि बूढाबूढीसम्म मादक पदार्थ प्रयोग गर्ने संस्कार बढिरहेको छ, त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ र देशव्यापी सरसफाइ अभियान कसरी अगाडि बढाउन सकिन्छ विषयमा पनि उहाँमा चिन्ता देखिन्छ ।

लोडसेडिङ अन्त्य र विद्युत् चुहावट नियन्त्रण

प्राविधिक रूपमा ११ र बाँकी अन्य कारणले २६ प्रतिशत विद्युत् चुहावट भइरहेको रहेछ । २६ लाई १५ प्रतिशतमा झार्न सकियो भने २ सय ५० मेगावाट बिजुली बचत हुँदोरहेछ । त्यसका लागि के गर्नुपर्छ भनेर केही दिनअघि प्रधानमन्त्रीले अर्थ र गृह मन्त्रालयका पदाधिकारीलाई बोलाएर सोध्नुभयो । छलफलपछि टेक्निकल रूपमा भएको चुहावट नियन्त्रणका लागि अर्थ मन्त्रालयले आवश्यक पर्ने पैसा उपलब्ध गराउने भएको छ ।

अन्य सचिवलाई पनि बोलाउनुभयो । हुक बनाएर विद्युत् चोरी गर्ने र जति लगे जहिले पनि ३६ मेगावाट देखाउने विषय, विद्युत् चोरी नियन्त्रण गर्न सुरक्षा निकायले पनि सहयोग ग¥यो भने यसमा सहयोग पुग्छ । पानीको चुहावट ४५ प्रतिशत छ भन्ने आएको छ, त्यसलाई घटाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्यालयले पनि तत् निकायलाई निर्देश गरिसकेको छ । उहाँले तदारुकता नदेखाउनुभएको भए लोडसेडिङ नियन्त्रण यसरी हुन्नथ्यो ।

प्रधानमन्त्रीले साझा बस बढाउन निर्देशन दिनुभयो, अहिले त्यसको कार्यान्वयन भएको छ । यातायात व्यवस्था कार्यालय, श्रम विभागलगायत धेरै भीडभाड हुने सरकारी कार्यालयमा अनलाइन प्रणालीबाट सेवा दिने कामलाई अगाडि बढाउन निर्देशन दिएलगत्तै काम सुरु भइरहेका छन् ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल उद्धारका लागि सक्रियता देखाउनुभएको छ । अस्ति भर्खर भोजपुरमा आगलागी भयो, तुरुन्त हेलिकोप्टरमा खाद्यान्न लिएर जान भन्नुभयो । भोलिपल्ट आफैँ पुगेर राहत वितरण गर्नुभयो ।
उहाँले घोषणा गर्नुभएको ४८ बुँदे घोषणापत्रअनुसार एसएलसी परीक्षामा ‘ए प्लस’ ल्याएका विद्यार्थीलाई छात्रवृत्ति सुरुवात गर्नुभएको छ ।

राष्ट्रिय गौरवका आयोजनाका काम छिटो सक्न जोड

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउन राष्ट्रिय समस्या समाधान समितिको बैठक राखेर कसरी समस्या समाधान गर्न सकिन्छ भनेर पहल लिनुभएको छ ।

आयोजनाको अवलोकनक्रममा उहाँले आफैँ सुरुङभित्र पसेर कसरी काम भइरहेको छ भनेर अवलोकन पनि गर्नुभयो । चमेलियाको त्यति लामो खतरनाक सुरुङभित्र आफैँ गएर हेर्छु भनेर भित्रैसम्म गएर हिल्लामे भएर फर्कनुभएको थियो । कुलेखानी, मेलम्ची खानेपानीजस्ता आयोजना छिट्टै सम्पन्न भए भने जनतालाई केही उपलब्धि प्राप्त हुन्छ भनेर तोकिएको समयभन्दा छिटो काम सक्नेलाई पुरस्कृत गर्ने योजना ल्याउनुभएको छ ।

काम ढिलो गर्न होइन कि छिटो सक्न प्रतिस्पर्धा गरौँ भनेर आयोजनालाई हौसला बढाइरहनुभएको छ । त्यहीअनुसार काम पनि अगाडि बढिरहेको महसुस गरिरहेको छु ।साभार रातोपाटी डटकम

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एमालेमा विधान संशोधनसम्बन्धी प्रस्ताव :उमेर हद ७० वर्ष कायमै, पदाधिकारी महाधिवेशनबाटै निर्वाचित

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार