संसदको मुठभेड आजका लागि टर्यो, मंगलबार सम्मका लागि संसद स्थगित

samsadकाठमाडौं । प्रमुख राजनीतिक दलहरुबीच संसदको गतिरोध अन्त्य गर्ने विषयमा कुनै सहमति नभएपछि सोमबार ४ बजे लागि दोस्रो पटक बोलाइएको संसद बैठक स्थगित गरिएको छ । सोमबार १ बजेको संंसद बैठक प्रमुख प्रतिपक्षी एमालेलगायतका दलहरुले अवरुद्व गरेपछि संसद खुलाउन कार्यव्यवस्था समितिको बैठक बोलाइएको थियो । सो बैठकमा पनि कुनै सहमति जुट्न नसकेपछि सूचना टाँस गरेर पुस १९ गते मंगलबार १ बजे लागि बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहाकार बबिन शर्माले जानकारी दिए ।
सभामुखले मंगलबार ११ बजे संसद अवरुद्व खुलाउन तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएको शर्माले बताए ।
सरकारले संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि प्रतिपक्षी नेकपा एमालेले संसद बैठक नियमित अवरुद्व गर्दै आएको  छ । संसद बैठक नबस्दा अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्वको महाभियोग प्रस्ताव, निर्वाचन विधेयक माथिको छलफल समेत हुन सकेको छैन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा