बीस महिना पछि पर्बतमा बल्ल भूकम्पबाट क्षतिग्रस्त संरचनाको लगत संकलन गरिदै

जिल्लामा २९ इन्जिनियर खटिए
bhukampa

पर्वत /महाबिनासकारी भुकम्प गएको २० महिनापछि क्षतिग्रस्त संरचनाको लगत संकलनको काम थालिएको छ ।
केन्द्रिय तथ्याँक बिभागले जिल्लाका प्रभावित गाउँ बिकास समितिमा प्राबिधीक खटाएर क्षतिग्रस्त संरचनाको लगत संकलनको काम थालेको हो । तथ्याँक संकलनका लागि २९ जना इन्जिनियर र त्यति नै संख्यामा सामाजिक परिचालकहरु खटाइएको छ ।

dsc01488
पर्वतमा ११ हजार ८ सय ९ घर र संरचनाहरु भूकम्पका कारण क्षतिग्रस्त भएको पछिल्लो तथ्याँक छ । उक्त तथ्याँक अनुसार टोलीले स्थलगत अवस्थामा क्षतिको अवस्थाका बारेमा लगत संकलन गरेको को तथ्यांक संकलन गर्ने तथ्यांक विभाग लगत संकलन कार्यालय पर्बतका प्रमुख शिब श्रेष्ठले बताउनुभयो ।
सरकारले भूकम्पबाट कम प्रभावित पर्वत जस्तै १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सुरुको हो । तत्कालिन अवस्थामा प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरकफरक भएपछि भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रमअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय तथ्याङ्क विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ् भूकम्पीय आवास पुनःनिर्माण आयोजनाले तथ्याङ्क सङ्कलन प्रक्रिया थालेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘ख’ वर्गमा समावेश गरेको पर्वतमा भूकम्प प्रभावित आवास पुनःनिर्माण सङ्कलन कार्यक्रमअन्तर्गत जिल्ला लगत सङ्कलन कार्यालय खोलेर काम सुरु गरेको छ । पर्वतका ४७ गाविस र एक नगरपालिकामा गरी ११ हजार ८ सय ९ घरपरिवार भूकम्पबाट पीडित बनेका छन् । सबै घरधुरीमा एक जना इन्जिनियर र एक सामाजिक परिचालक परिचालन गर्ने अन्तिम तयारीमा रहेको लगत सङ्कलन कार्यालय पर्वतका प्रमुख शिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना इन्जिनियरको भागमा ४ सय १० परेका छन् । घरमुलीसँग अन्तरवार्ता लिने, क्षतिको विवरण अध्ययन गर्ने र तुरुन्तै उक्त तथ्याङ्क प्राधिकरणमा पठाउने काम इन्जिनियरले गर्ने भएका छन् ।

आगामी फागुन १५ गतेसम्ममा सबैजसो काम सम्पन्न भइसक्ने श्रेष्ठले जानकारी दिनुभयो । सही तथ्याङ्क नहुँदा वास्तविक पीडितको पहिचान हुन समस्या भएको र विभिन्न दातृ निकायले समेत जथाभावी तथ्याङ्क आएको भन्दै गुनासो गरेपछि कम प्रभावित जिल्लाको पनि लगत सङ्कलन गर्न थालिएको हो ।

15857839_968847356581831_1814745982_o
जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार अहिले सम्म पुर्ण रुपमा भवन क्षतिग्रस्त भएका २ हजार ३ सय ४४ र आँशिक क्षति भएका ६ हजार ७ सय ७७ जनाले राहत बुझेका छन । दुई महिना पहिले थप बिबरण संकलन भएकाले संख्या ११ हजार पुगेको छ । ‘पहिलो चरणमा संकलन भएका क्षतिग्रस्त संरचनाको राहतको काम बितरण गरिसकेका छौ’प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले भने ।
लामो समयसम्म सरकारले राहत नदिँदा कतिपयले नयाँ घर समेत बनाइ्सकेको अवस्थामा पीडितले फिल्डमा आउने इन्जिनियरलाई जस्ताको त्यस्तै अवस्था भनिदिन पनि सङ्कलन कार्यालयले आग्रह गरेको छ । जिल्लाका तीन सांसदसहित स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारी रहने समन्वय समितिले नियमित रुपमा अनुगमन तथा सुझाव दिने भएको छ ।
उहाका अनुसार अबको केहि दिनपछि मात्रै लगत संकलनको कार्य अघि बढ्नेछ । इन्जिनियरहरुले सिधै तथ्यांक विभागमा पठाएको तथ्यांक हेरेर पुनर्निर्माण प्राधिकरणमा पठाउने उहाले बताउनुभयो । प्राधिकरणले अन्तिम लाभग्राहीको सूची प्रकाशन गरेपछि सम्झौता गरी पीडितलाई अनुदान दिइनेछ । लगत संकलनको काम २ महिना भित्रमा सकिसक्ने र पीडितसँग पहिलो किस्ताबापतको रकम सम्झौता गरिने उहाको भनाई छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना