गृह मन्त्रालयसँगै छैन नागरिकता त्याग्नेको विवरण
आजसम्म ठ्याक्कै कतिजनाले नेपाली नागरिकता त्याग गरे ? गृह मन्त्रालयसँग यसको यकिन तथ्यांक छैन । होस् पनि कसरी, देशभरीका जिल्ला प्रशासन कार्यालयले पठाउने मासिक रिपोर्टमा अन्य धेरै विषयवस्तु समेटिएपनि नागरिकता कतिले त्यागे भन्ने विवरण कि त पठाईदैन अथवा पठाइएपनि पूर्ण विवरण हँदैन ।यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
मन्त्रालयको नागरिकता फाँटका उपसचिव सागरमणि पाठक यसको तथ्यांक गृहकै ई-गर्भनेन्स शाखाले राख्नुपर्ने बताउँछन् । यो शाखाका प्रमुख श्रवण पोख्रेलले पनि यसको ठ्याक्कै उत्तर भन्न नसकिने बताए ।