बिभागबाटै सेटिङ्ग मिलाएर हुन्छ बिदेशमा मानवतस्करी

विभागकै सेटिङमा मानव तस्करी

वैदेशिक रोजगार विभागकै कर्मचारी र केही म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलु कामदार पठाउने नाममा ‘मानव तस्करी’ गर्दै आएको खुलेको छ ।

अवैधानिक ढंगले घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई निरुत्साहन गर्नुको सट्टा विभागकै कर्मचारी आर्थिक प्रलोभनमा परी मानव तस्करलाई प्रश्रय दिइरहेका छन् ।

श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको संरक्षणमा विभाग मातहतको ताहाचलस्थित काठमाडौं कार्यालयले गैरकानुनी ढंगले श्रम स्वीकृत दिएर मानव तस्करीलाई प्रश्रय दिएको हो ।

सरकारले नयाँ कामदारलाई घरेलु कामदारमा जान प्रतिबन्ध लगाएका मुलुकमा विभागका कर्मचारीले श्रम स्वीकृत नवीकरण (रिइन्ट्री) र वैधानीकरणको (लिगलाइजेसन)का नाममा अनियमितता गरिरहेको स्रोतको दावी छ ।यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ । 

सरकारले कुवेत, ओमान, बहराइन, साउदी, कतारलगायतका मुलुकमा नयाँ कामदार पठाउन प्रतिबन्ध लगाएको छ । सरकाले घरेलु कामका लागि जान नयाँ कामदारमाथि प्रतिबन्ध लगाए पनि वैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतो (सेटिङ)मा झूटो विवरण बनाएर श्रम स्वीकृति दिइएको भेटिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा