शिक्षा कार्यालयमा दुईजना मात्रै कर्मचारी

कालिकोटको शिक्षा कार्यालयमा दुईजना मात्रै कर्मचारी

जिल्ला शिक्षा कार्यालय कालिकोट दुईजना कर्मचारीको भरमा चलेको छ । सरकार परिवर्तनपछि गरिएको व्यापक सरुवाका कारण जिल्ला शिक्षा कार्यालय खाली भएको हो ।

अहिले कालिकोटको शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारी र एकजना विद्यालय निरीक्षक मात्रै नियमित कार्यालय गइरहेका छन् । शिक्षा कार्यालयमा विद्यालय निरीक्षकको सात दरबन्दी छ । त्यसैगरी कार्यालयका अधिकृत, प्रशासकीय अधिककृत, लेखा अधिकृत, सहायक लेखापाल कम्युटर अपरेटर, योजना अधिकृतलगायतका दरबन्दी खाली छन् ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

खाली रहेको दरबन्दी शिक्षा विभागद्वारा पलपूर्ति गरिएको भनिए पनि ती कर्मचारहरु हालसम्म शिक्षा कार्यालयमा हाजिर भइसकेका छैनन् । जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले कर्मचारी अभावमा नियमित कामबारबाही समेत हुन नसकेको स्वीकार गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा