सय रुपियाँमा सय घर झिलिमिली
मकवानपुरको बिकट खैराङ गाविसमा लघु जलविद्युत् आयोजना निर्माणपश्चात करिब सय घरधुरी लाभान्वित भएका छन् । ३२ लाख रुपैयाँको लागतमा निर्माण भएको धुरु रिछाया माइक्रो हाइड्रोपावर सञ्चालनमा आएसँगै खैराङका सय घर झिलिमिली भएको हो ।
टुकी र सोलारबाट गुजारा चलाउँदै आएका खैराङ २ डण्टार र धुरु तथा ९ नम्बर वडा कोटेवाङका बासिन्दा बिजुली बाल्न पाएपछि खुशी भएका छन् ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।