‘हेर्दाहेदैं कान्छी’ले सोलेडाँडा काट्यो मायाँलाई…

‘हेर्दाहेदैं कान्छीले सोलेडाँडा काट्यो….कुनैसमय लोकप्रिय लोकगायक खड्ग गर्बुृजाले यो गीतमार्फत चिनाएको पर्यटकीयस्थल सोलेडाँडा पर्यटकीय गन्तब्य बनेको छ । म्याग्दीको ओखरबोट, रुम र बागलुङको तमान गाविसको लाम्मेला लगाएत आसपासका क्षेत्रमा फैलिएको सोलडाँडामा सडक विस्तारसंगै आन्तरिक पर्यटकको चहपहल बढेको छ ।
img_6059
एकदशम अगाडीसम्म अनकन्टार सोलेडाँडा काटेपछि कसैले भेट्न सक्दैन भन्ने मानेर गायक गर्बुजाले गायको गीत अनुसार नै विकटमा अवस्थित सोलेडाँडाले छिमेकी जिल्ला बागलुङको निर्वाचन क्षेत्र नम्बर ३ अन्र्तरगत पर्ने तमान, खुंखानी, बुंगादोभान र खुंगा लगाएत गाविसका बासिन्दाले आफ,्नो जिल्लाको सदरमुकाम बागलुङमा पुग्न समेत प्रयोग गर्ने सोलेडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको ओखरबोट माविका अध्यक्ष दलप्रसाद घर्तीमगरले बताए ।
img_6160
समु्न्दीसतह देखी करिव ३ हजार मिटर अग्लो सोलेडाँडा सडक सञ्जालले जोडिएपछि बागलुङका अति विकट क्षेत्रका बासिन्दाहरुले समेत तीनदिन लगाएर सदरमुकाम जानुपर्ने समस्यालाई एकदिनमै खुम्चाएका छन् ।

सडकबाट वारपार गर्ने स्थानीय तथा आन्तरिक पर्यटकले सोलेडाँडा आसपासको जंगलमा ढकमक्क फुलेको विभिन्न प्रजातीका लालीगुराँस, प्राकृतिक सुन्दरता, धौलागिरि अञ्चलमै सोलेडाँडाबाट देखिने धौलागिरि गुर्जा, चुरेन, अन्नपुर्ण, निलगिरि, माछापुच्छे« लगाएत आधा दर्जन हिमश्रंखला देख्न सकिन्छ ।
img_6138
चैत्र, बैशाखमा राताम्मे लालिगुराँस र पुष, माघमा सेताम्मे हिउँ देखिन्छ । कुनैसमय सोलेडाँडासंग सिमाना जोडिएका गाविसबासीले भेटघाट गर्ने ठाउँ समेत बनाएका थिए । मानवबस्तीको विस्तारसंगै पदैलयात्रा गरेर विभिन्न जिल्लाबाट आउनेहरूलाई समेत सोलेडाँडाको बागलुङ तर्फ बस्ने ठाटी समेत बनाइएको छ ।
img_6092
पदैल हिडेर स्वर्गद्धारी जाने भक्तजनहरुले दुईतीनदिनसम्म सोलेडाँडामा दिन विताउने गरेको समेत बुढापाकाको भनाई छ । माओवादी जनयूद्धको क्रममा राज्यपक्ष संग भिड्न सुरूङ आकारका यूद्धस्थलहरु समेत भेटिने सोलेडाँडामा पुग्ने आन्तरिक पर्यटकहरु करिव १ घण्टाको दुरीमा रहेको गाँडाखसुङ तालमा समेत पुग्ने गरेका छन् ।
img_6084
स्वर्गद्धारी पुग्ने सजिलो र छोटो दुरीको मार्गका रुपमा समेत चिनिने सोलेलाई म्याग्दी र बागलुङका बासिन्दाले पर्यटकीय गन्तब्य बनाउने गरी विभिन्न योजनाहरु समेत बनाएका छन् । घना जंगल, प्राकृतिक सौन्र्यता, बन्यजन्तुको बासस्थानलाई समेत संरक्षण गर्ने गरी योजनाहरु अगाडी बढेको छ । होमस्टे लगाएतका पर्यटकलाई आर्कषित गर्न ओखरबोट र बागलुङको लाम्मेला विभिन्न प्याकेज बनाएर काम गर्ने योजनाहरुमा दुवै जिल्लाबाट लगानीको आवश्यकता रहेको स्थानीयको भनाई छ ।
img_6066
दुईदिनको पैदलयात्रा सडक विस्तारसंगै ४ घण्टामा सिमित भएपछि पश्चिम म्याग्दीका दरवाङ, देविस्थान, निस्कोट, रुम गाविसमा रहेका विद्यालयको शैक्षिक भ्रमण, बनभोज समेत जाने गरेका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको सोलेलाई राज्यका निकायबाट विषेश प्राथमिकता भए एउटा सुन्दर ग्रामिण पर्यटनको सम्भावनलाई उजागर गर्न सकिन्छ ।
img_6062

 हरिकृष्ण गौतम/बेनी अनलाईन डटकम 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा