मुस्ताङ्गमा दिउँसै हिमपात, जनजीवन प्रभावित
तस्बीर सौजन्य रबिन्द्र तिवारी
पर्वत /मुस्ताङमा आइतबार दिउँसो देखी हिमपात भएको छ ।जिल्लाको सदरमुकाम जोमसोम सहित १६ ओटै गाविसमा परेको हिमपात भएपछि जनजिवन प्रभावित भएको छ । हिमपात संगै यातायातको साधन समेत अवरुद्ध हुनुका साथै पैदलयात्री अलपत्र परेका छन ।
सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ,झोङ, छुसाङ, घमि, सुर्खाङ, चराङ, लोमान्थाङका साथै म्याग्दी जिल्लासंग सिमा जोडिएको लेते गाविसमा समेत विहान देखि लगातार हिमपात भइरहेको छ । अहिले सम्म ३ इन्च जति हिउँ जमेको छ । हिमपातबाट उत्तरी मुस्ताङ्ग देखि सबै जिल्लाको जनजीवन नराम्रो संग प्रभावित भएको छ । मुस्ताङ्गको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ पुगेका तीर्थालु र पर्यटकहरु समस्यामा परेका छन। धेरै संख्यामा नभएपछि मुक्तिनाथ पुगेका तीर्थालुहरु त्यही रोकिएका छन। यो सिजनमा पनि दक्षिण भारतबाट ठुलै संख्यामा तीर्थालुहरु आउने गरेका थिए ।
मुक्तिनाथमा होटल सञ्चालक तथा गाउँ मुखिया सुरज गुरुङ्गका अनुसार भारु सटहीको समस्याका कारण ठुलो संख्यामा भारीय तीर्थालु नआएपनि आएकाहरु हिमपात पछि रोकिएको बताए । ‘यस पटक भारु सटहीको समस्याले धेरै आएका छैनन’ उनले भने ‘रातभर पनि हिमपात भयो भने आएकाहरुलाई फर्कन समस्या हुन्छ’
मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले अहिले सम्म तीर्थालु र अन्य पर्यटक समस्यामा परेको जानकारी नआएको बताए । उनले आवश्यक पर्दा उद्दारका लागि सबै निकाय तयार अबस्थामा रहेको पनि जानकारी दिए ।
एक्कासी चिसो बढेसंगै भएको हिमपातपछि आवतजावतमा समेत समस्या भएको निरज थकालीले बताए । उनका अनुसार जोमसोममा विस्तारै बाख्लो हिमपात भएपछि सर्वसाधारण, पर्यटक घर भित्र बसेका छन् ।
यसैविच म्याग्दीको उच्च हिमाली भेगमा परेको हिमपातले जनजिवन प्रभावित बनाएको छ । सिमसिम पानी संगै गुर्जा, मुदी, चिमखोला, दाना, नारच्याङ लगाएतका हिमाली बस्तीमा समान्य हिमपात भएको छ । सदरमुकाम बेनीबजारमा समेत बर्षा भएको छ ।
मनाङको सदरमुकाम चामेसहित तिमाङ भन्दा माथिका क्षेत्रमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भएको स्थानीय मीनकाशी गुरुङले जानकारी दिईन् ।
पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा हिमपातसँगै पहाडी क्षेत्रमा सामान्य वर्षा भएको छ ।हिमपातका कारण मनाङ र मुस्ताङ पुगेका र पुग्न चाहने पर्यटकहरुले यात्रा रोकेका छन् ।
समाप्त पौष १७ तस्बीर पनि छन।