पर्वतको माझफाँट गाबिसका आठ सय घरधुरीमा एक घर एक धारा

पर्वत./ व्यवस्थित सहरबजार जस्तै पर्वतको एक गाउँमा पनि घर घरमै धारा विस्तार गरिने भएको छ ।  उत्तरी पर्वतको माझफाँट गाविसका ८०० घरधुरीमा ‘एक घर एक धारा’ विस्तार गरिने भएको हो ।

गाविसमा सञ्ंचालित पुङ्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ३ देखि ७ नंसम्मका वडा गरी पाँच वटा वडाका सबै घरधुरीमा खानेपानीका धारा निर्माण भइरहेको छ । अहिलेसम्म उक्त आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतले जनाएको छ ।khanepan-dhara

अहिलेसम्म कुवा वा धाराको अव्यस्थित र स्वच्छ पानी पिउनबाट वञ्चित बनेका मल्लाजवासीहरु अब भने लाभान्वित हुने भएका छन् । जिल्लाकै दोस्रो ठूलो योजनाका रुपमा रहेको उक्त खानेपानी आयोजना विस्तार भएपछि प्रत्येक घरमा आवश्यकताका आधारमा धारा जडान हुनेछ र उपभोक्ताले युनिटको आधारमा पैसा तिर्नु पर्ने छ । उक्त पानी झन्डै १२ किलोमिटर टाढा रहेको पुङ्दीखोलाबाट ल्याउन लागिएको हो ।

अहिले आयोजनाको काम धमाधम भइरहेको छ । २०६७÷६८ बाट सुरु भएको योजना पाँच वर्षमा सम्पन्न हुनेगरी क्रमागत रुपमा सञ्चालन भएको थियो ।

रु चार करोड ९३ लाखको लागतमा निर्माण हुन लागेको उक्त योजनामा स्थानीयवासीले झन्डै रु ३९ लाख बराबरको श्रमदान गरेका छन् । पाइपलाई विस्तार र विभिन्न ट्याङ्की निर्माणमा स्थानीय श्रमदानसमेत गरिरहेका छन् भने ८० जनाभन्दा बढी मजदुर क्रियाशील रहेको निर्माण व्यवसायी गिरिजा तिवारीले जानकारी दिनुभयो । चालु आवभित्रमा सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको तिवारीले जानकारी दिनुभयो । योजनाको लागतअनुसार बजेट कम भएको र भिरालो जमिनमा काम गर्नुपर्दा असहजता पैदा भएको उहाँको भनाइ छ ।

एक घर एक धारा विस्तार गर्ने सरकारकै नीतिअनुरुप बृहत् खानेपानी योजनामा समेटिएको उक्त योजनाको काम द्रुत गतिमा भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिनुभयो । उहाँका अनुसार योजनालाई चालु आवभित्रै सम्पन्न गर्नका लागि यस वर्ष रु ८० लाख विनियोजन भएको छ ।

योबाहेक पर्वतको फलेवासमा रु सात करोडको लागतमा बृहत् फलेवास खानेपानी योजना पनि विगत दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको छ । उक्त योजना निर्माण सम्पन्न भएपछि माझफाँट गाविसका सबैजसो घरधुरी लाभान्वित हुने अपेक्षा कार्यालयले लिएको छ । जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको उक्त गाविसमा यो खानेपानी योजना निर्माणपश्चात् नमुनाकै रुपमा लिन सकिने उहाँ बताउनुहुन्छ ।

घर घरमा धारा जडान गर्नका लागि आवश्यक खर्च पनि स्वयम् उपभोक्ताले तिर्नुपर्ने भएको छ । अहिले उक्त योजना व्यवस्थापन समितिले एक धारा बराबर रु सात हजार तोकिसकेको छ ।

सदरमुकाम कुश्माबजारमा प्रतिधारा जडान शुल्क रु ३० हजारभन्दा बढी रहेका बेला ग्रामीण क्षेत्रमा विस्तार गर्न लागिएको योजनामा तत्कालका लागि रु सात हजार तोकिएको समितिका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै उपभोक्ताको सहभागितामा धाराको मूल्य तोकिएको हो ।यो समाचार आजको कालीगण्डकी दैनिकले छापेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा