संशोधन प्रस्ताव पारितपछि मात्रै चुनावमा जान कांग्रेस, माओवादी तयार

काठमाडौं –धानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाका नेताबीच संविधान संशोधन विधेयक पारित गरेपछि मात्रै चुनावमा जाने समझदारी भएको छ ।
pm-and-morcha
शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको दुई पक्षको छलफलमा यस्तो समझदारी बनेको हो ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्ताव अगाडि बढाएर मात्र सरकारले चुनावको मिति घोषणा गर्ने भन्दै मधेसी मोर्चाका नेतालाई आश्वस्त पारेका छन् । मोर्चा नेताहरूले संशोधन विधेयक संसद्मा टेबुल गरेर परिमार्जनसहित पारित गर्नुपर्ने र त्यसपछि मात्र चुनावको मिति घोषणा गर्नुपर्ने अडान राखेका थिए । यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।
मोर्चाका नेताले यसअघि शुक्रबार कांग्रेसका शीर्ष नेतासँग पनि छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरेपछि मात्र चुनाव घोषणा गर्नुपर्ने अडान स्पष्टसँग राखेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए ।

‘संविधान संशोधन विधेयक टेबुल गर्ने, त्यसलाई परिमार्जन गरेर पारित गराएपछि मात्र चुनावको घोषणा गर्नुपर्छ भन्ने कुरा मोर्चाका नेताहरूले प्रधानमन्त्रीसँग राख्नुभएको छ,’ नेता झाले भने, ‘कांग्रेस सभापति र प्रधानमन्त्रीसँगको छलफलमा हामीले त्यही अडानमा कुरा राखेका छौँ, उहाँहरूले सकारात्मक जवाफ दिनुभएको छ ।’
शनिबार बिहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका मोर्चाका नेताले पौने १० बजेसम्म प्रधानमन्त्रीसँग छलफल गरेका थिए । ‘सरकार अबको संसद् बैठकमा संशोधन विधेयक टेबुल गर्नेगरी अगाडि बढ्छ, यसलाई निणयार्थ अगाडि बढाउन म प्रतिबद्ध छु, शंका नगर्नुहोला,’ प्रधानमन्त्रीले मोर्चा नेतासँगको छलफलमा व्यक्त गरेको भनाइ उद्धृत गदै माओवादी प्रवक्ता पम्फा भुसालले भनिन् ।

मोर्चाका नेताहरूले शुक्रबार सत्ता साक्षेदार कांग्रेससँग भएको छलफलका विषयमा पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ‘संशोधन टेबुल गरेर निणयार्थ प्रस्ताव अगाडि बढाउने र तीनवटै चुनाव गराउने गरी अगाडि ब्ढने विषयमा कांग्रेससँग उहाँ (मधेसी मोर्चा)का नेताहरूले छलफल गर्नुभएको रहेछ, त्यो विषय प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीजीले संशोधन टेबुल गर्ने र चुनावमा मोर्चासहित जाने कुरा गर्नुभयो ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा