थापा सरकारमा जाने, गच्छदारसँग मन्त्रालयको बार्गेनिङ

काठमाडौं – संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्रीले मंत्रीपरिसदमा राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई ल्याउने तयारी गर्नुभएको bijaya-gachhadarछ ।

थपाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गर्नुभएको छ भने गच्छदार पनि सरकारमा जान तयार हुनुहुन्छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

थापासँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो ‘म अहिले धनगढीमा छु अनौपचारिक रुपमा यसअघि कुरा भएपनि औपचारिक रुपमा कुरा भएको छैन । पार्टीमा यसबारे कुरा गर्न बाँकी छ ।’

गच्छदारले सरकारको आलोचना गर्न थालेपछि प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइरहेको स्रोतको भनाइ छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए