कालीगण्डकी लोकमार्गको काम ठप्प

कालीगण्डकी लोकमार्ग निर्माणको क्रममा सिंचाई नहर पुरिएपछि कृषकहरु आन्दोलित बनेका छन् ।

खाद्यान्न उत्पादनको मुख्य पकेट क्षेत्र फलेवासका बासिन्दाहरु आन्दोलित बनेपछि लोकमार्गको निर्माणकार्य ठप्प बनेको छ । देविस्थान गाविस ७, ८ र ९ तथा मुडिकुवा गाविसको ५ नम्वर वडामा सिंचाई गर्नका लागि निर्मित फलेवास सिंचाई आयोजनाको झण्डै डेढ किलोमिटर नहर सडकले भत्काइदिएको छ । भत्किएको नहर पुर्ननिर्माणका लागि पटक पटक माग गर्दापनि कुनै सुनुवाई नभएपछि शनिवार विहानदेखि निर्माणकार्य ठप्प पारेका हुन् ।

आलु, गहुँ, तोरी, फापर, जौ जस्ता खाद्यान्नमा सिंचाई गर्नुपर्ने बेलामा सिंचाई नहर भत्किएपछि उनिहरु चिन्तित बनेका छन् ।
झण्डै २ सय ५० हेक्टर क्षेत्रफलमा सिंचाई गर्न नपाएपछि उनिहरुले निर्माणाधिन लोकमार्गको काम ठप्प पारेका छन् । नहरवाट पिडित २ सय भन्दा बढि घरधुरीले लोकमार्गमा नारावाजी गर्दै काममा अवरोध गरेको स्थानिय भोलानाथ भुसालले जानकारी दिनुभयो । उहाँका अुनसार सडक मर्मतका लागि सम्वन्धित ठेकेदार र जिल्ला सिंचाई कार्यालयमा खबर गरेपनि कुनै सुनुवाई नभएपछि आन्दोलित हुनुपरेको हो ।

हिउँदे बालीनाली सिंचाई गर्ने बेलामा नहर भत्किएपछि उत्पादन घट्ने भएकाले कृषकहरु चिन्तित बनेका छन् । उनिहरुले तत्काल नहर मर्मतका लागि माग समेत गरेका छन् । नहर मर्मतका लागि पहल नभएसम्म लोकमार्गको काम अघि बढ्न नदिने उनिहरुले बताएका छन् ।

विकासका नाममा सडक निर्माण हुनु आवश्यक छ तर कृषकहरुलाई हानी पु¥याउनेगरी नहरनै भत्काएर गरिएकोले आफुहरु आन्दोलित बन्नुपरेको भुसालले जानकारी दिनुभयो । बहुचर्चित उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा ट्राक ओपन गर्ने काम भैरहेको छ । अहिले कुर्घा गाविसदेखि मोदीबेनी खण्डमा ट्रयाक खोल्ने काम भैरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले उक्त क्षेत्रलाई धानको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना समेत अघि सारेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना