युवा संघको क्षेत्रीय अध्यक्षमा तुलाचन

15740866_1508637402507882_9218332621366121967_n
१६ पौष, पर्वत/नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालको पर्वत क्षेत्र न १ को अध्यक्षमा पुर्ण तुलाचन निर्वाचित भएका छन ।
तुलाचनको अध्यक्षतामा गठित ३९ सदस्यीय क्षेत्रीय कमिटिका उपाध्यक्ष्माा हिरा पुन, सचिवमा निलकण्ठ सुवेदी, सह सचिवमा प्रकश बस्याल र कोषाध्यक्षमा विन्दु रिजाल चयन भएका छन ।
यस अघि भेलाको उदघाटन शत्रमा बोल्दै एमाले सांसद विकास लम्सालले युवा शक्ति विदेशीरहेको कारण देशको विकास हुन नसकेको बताए । देशका कृषि क्रान्तिको आवश्यकता रहेको भन्दै युवाहरुलाई कृषि कर्ममा लाग्न निर्देशन दिए ।
कार्यक्रममा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, संघिय मामिला तथा स्थानीय विकास विभागका सदस्य मेभनाथ सुवेदी, उपाध्यक्ष भक्त कुवंर, उप सचिव गोविन्द पहाडी, युवा संघका केन्द्रिय सचिबालय सदस्य शिव पौडेल, युवा संघ पर्वतका अध्यक्ष विमल लामिछाने, एमले नेताहरु बाबुराम सुवेदी, ढाकाराम सुवेदी, धर्मदत्त सुवेदी, लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
युवा संघका क्षेत्रीय कमिटि इन्र्चाज सुरेन्द्र गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन युवा संघका जिल्ला सदस्य विष्णु आचार्यले गरेका थिए भने स्वागत मन्तब्य ढाकाराम सापकोटा्ले ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा