खौला र देविस्थानमा एमालेको अगुवा कार्यकर्ता भेला

पर्वत/नेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत जिल्लाको खौलालाँकुरी र देविस्थानमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएका छन । 15820781_1244023129007168_1431839418_o
संविधान कार्यन्वयन र स्थानीय निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको अभियान अन्तर्गत उक्त भेला सम्पन्न भएका हुुन ।
दुबै गाबिसमा भएका भेलामा गाविसका एमाले निकट कार्यकर्ता र नेताहरुको सहभागीता रहेको थियो ।
खौलामा भएको भेलामा जिल्ला सचिवालय सदस्य यम गुरुङ्ग, जिल्ला सदस्य रामचन्द्र सुबेदी, अनेरास्वबियु जिल्ला अध्यक्ष तेजप्रसाद शर्मा र गाउँ कमिटि उपाध्यक्ष ओमप्रकास शर्मा लगायतले सम्बोधन गरेका थिए ।
भेलाले माघ २० सबै वडा कमिटी गठन गर्ने र गाउँमा सबै जनसंगठन निर्माण गर्ने निर्णय भएको जिल्ला सदस्य रामचन्द्र सुबेदीले जानकारी दिए ।
देबिस्थानमा भएको भेलामा एमाले पर्वतका सचिव पदमपाणी शर्मा, पुर्व धौलागिरि अञ्चल कमिटिका पुर्व सदस्य देवेन्द्रराज पाण्डेय, जिल्ला कमिटि सदस्य परशुराम सुवेदी, जिल्ला सदस्य पिताम्बर घिमिरे उपेन्द्रबहादुर थापा, सुरक्षा लामिछाने, किसान संघकी राष्ट्रिय समिति सदस्य निर्मला भुषाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । गाउँ कमिटि अध्यक्ष पुन्यबहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालन गाउँ कमिटि उपाध्यक्ष उत्तमराज घिमिरे गरेका थिए भने स्वागत सचिव कुलप्रसाद श्रेष्ठले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना