एमालेको जागरण अभियानले जाग्छ त पर्वत ?

tikaram-750x430नेपाल कम्यूनिष्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादीले ४ महिने जागरण अभियान संचालन गर्नु साह्रै राम्रो हो । तर मेरा मनमा केही प्रश्न उठि रहेछन । नेकपा एमाले नेपालमा नयां विचार र नयां प्रणाली स्थपित गर्ने पार्टी हो ।

tikaram-bhusal
टिकाराम भुषाल

कमरेड मदन भण्डारी ने क पा एमाले का महासचिव हुंदा पारीत गरेको जनताको वहुदलिय जनवाद विश्व कम्यूनिष्ट आन्दोलनमा एकदमै नयां विचार थियो । एमालेले जनताको वहुदलिय जनवाद बोकेर हिड्दा चर्का कुरा गर्ने सवै कम्यूनिष्टहरु अहिले बलेट को सट्टा ब्यालेटमा विश्वास गर्न थाली सके । बुलेटवाट ब्यालेटमा जानु पर्छ भनेर पहल गर्ने नेकपा एमाले नै थियो ।

नेकपा एमालेको पहिलो कम्यूनिष्ट सरकार थियो जस्ले नेपालमा सामाजिक सुरक्षाा र जनताको पंत्यक्ष सहभागीता हुने निकायमा धेरै पैसा पठाउने प्रणाली स्थापित गरेको थियो । जनताको पहुंचको सरकार साधन श्रोत सम्पन्न गराउनु पर्छ भनेर गाविसमा लाखका हिसावले वजेट विनियोजन गर्न थाल्ने पनि ने क पा एमाले नै थियो । सांकेतिक रुपमा सामाजिक सुरक्षाा भत्ता वितरण गरेर काम गर्न नसक्नेहरुलाई राज्यले हेर्नु पर्छ भनेर सन्देश दिने पनि नेकपा एमाले नै थियो ।

कम्यूनिष्ट पार्टीहरुमा वहु पदीय संगठन प्रणालीको शुरु गर्ने पनि नेकपा एमाले थियो । अहिले सवै पार्टीहरु यही पंणाली अपनाउन थालेका छन् । नेतृत्वको लागि उमेरको हद तोक्ने पार्टी पनि नेकपा एमाले नै हो । तर, तर यसले आफ्नो संगठनात्मक शैली किन परिवर्तन गर्दैन अचम्म लाग्छ । हाम्रा नेपालका पार्टीहरुका संगठन चलाउने शैली एकदमै परम्परागत रहेका छन् ।

जस्तो सुकै कार्यक्रममा पनि अतिथी नभई नहुने । अतिथी भनेका त कहिले आउने हो थाहा नभएका हुनु पर्ने फलानो दिन फलानो ठाउंमा यति वजे आउनु होला भनेर बोलाएका त आमन्त्रीत हुनु पर्ने । त्यस्ता सवै अतिथी भनाउदाहरुले लामा लामा भाषण दिनै पर्ने । सवै बक्ताले अर्कालाई गाली गर्नै पर्ने । त्यसैले जनताले सवैका नराम्रा कुरा मात्र सम्झिने र सवै पार्टीलाइ गाली गर्ने अवस्था सृजना भएको छ । अहिलेको अभियानमा खोजीएको थियो संगठन शैलीको नया छनक तर भेटीयो पुरानै शैली धेरै जनाले धेरै गाली गरी बैरीलाइ नै दिने दनक २०३४ सालमा नेकपा चौथोमहाधिवेशन भन्ने पार्टी नेपालमा सवै भन्दा बलियो र संगठित पार्टी मानिन्थ्यो । त्यो पार्टीको त्यसवेलाको कार्यनीति देशभक्त तथा जनतान्त्रीक शक्तिहरुको सरकार भन्ने थियो ।

सो कार्यनीतिको वारेमा एकजना ठुलै नेताले मुस्ताङका चौरी गोठालाहरुलाई लामै प्रशिक्षण दीएछन् र भनेछन् हेर्नुस यो देशभक्त तथा जनतान्त्रीक शक्तिहरुको सरकार त वनोस देश त वनी हाल्छ । चौरी गोठालाहरुले सोधेछन् तपाइको देशभक्त तथा जनतान्त्रीक शक्तिहरुको सरकार नआउंदासम्म हाम्रा दुख्ख के हुन्छ नी । ती नेताले दस्तावेजका पाना पाना खोजेछन् चौरी गोठालाहरुको अहिलेको अवस्था वारेमा त केही पनि लेखेको छैन ।

चौरी गोठालाहरुले भनेछन् हाम यो चौरास छ तपाइको देशभक्त तथा जनतान्त्रीक शक्तिको सरकार नआउंदासम्म यतिकै रहने भए तपाईको पार्टी चाहिएन । त्यस पछि ती नेता मुस्ताङवाट रित्तै हात फर्केछन् । अहिले नेपाली सवै जसो गाउंमा ‘उमेर भएका पुरुषा अरव र मलेसियामा डढी रहेछन, तिनका जहान वच्चा वजार तिरै झरी रहेछन् ।’ अहिलेका आम नेपालीहरुको बुझाई तिनै चौरी गोठालाहरुको जस्तो छ ।

गाउंमा युवा वस्दैनन । तिनको गेडा घर पस्दैन ।
गाउंमा कुरा छन, तर पाखुरा छैनन

जनतालाई पोलेको विषयले पार्टीका कार्यसूचीमा प्रवेश नै पाउंदैन
एमालेले यसमा केही गर्ला भनेको उस्ले पनि किनहो मेसै पाउंदैन

ए नेता हो अव त जाग न जाग
जनतालाई धेरै सुनायौ अव जनताका कुरा वढी सुन्न लाग
जनतालाई चाहिएको अवस्था कस्तो हो जनतासंगै राय माग
जनतालाई निर्देश दिने भन्दा जनताको आदेश लिन लाग
मरे पाइने स्वर्गका कुरा होइन हालको काल टार्ने उपाय खोज
तिम्रा दिमागमा केहि ननिस्के तिनै गवार जनतालाइ सोध
अनि वल्ल चार महिने अभियानको सार्थकता हुन्छ
नेकपा एमालेको शिर सगरमाथा जस्तै ठाडो हुन्छ
लेखक जिल्ला विकास समिति पर्वतका पुर्व उप सभापति हुन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना