नेपाली सेनाले चलायो निशुल्क स्वास्थ्य शिविर

संजय रेग्मी पौष १६,  पर्वत / नेपाली सेनाको आयोजनामा पर्वतको मुडिकुवामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रणदल गुल्म पर्वतको अयोजनामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वत, आदर्श अंग्रेजी आवासिय मा.वि., शारदा निम्न माध्यमिक विद्यालय, लायन्स क्लब अफ शिवालयको सहकार्यमा शिविर संचालन गरीएको हो ।15781822_913216968814756_8298639639760415704_n

शिविरमा बिभिन्न रोगका तीन सय ३० बिरामीको उपचार गरिएको नेपाली सेनाले जनाएको छ । शिविरमा टेलीमेडिसिनको माध्यमबाट काठमाण्डूमा रहेका डा.अनिलकुमार झाले छाला सम्बन्धी रोगहरुको उपचार गरेका थिए । शिविरिमा जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरीटेण्डेण्ट डा. फणिन्द्र बराल, नेपाली सेनाका सह सेनानी डा. राहुलजंग रायमाझी, निलगिरी हस्पिटलका बिशेषज्ञ डा. गोविन्द जोशी गौतम, नेत्र सहायक बिनम लामिछाने लगायतका स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।15840970_1455516121126873_941195353_n

शिविर संचालनका क्रममा बोल्दै रणदल गुल्मका गुल्मपति सेनानी बालकृष्ण कार्कीले नेपाली सेना सदैव जनताको सुख र दुःखको साथी रहेको उल्लेख गरे । आँपूmहरु सधैँ जनतालाई सघाउन चाहेकोले पनि बिभिन्न ठाउँमा शिविर र अन्य सहयोगात्मक कार्यक्रमहरु संचालन गरीरहेको उल्लेख गरे । त्यस्तै, बिशिष्ट अतिथि जिल्ला अस्पताल पर्वतका बरीष्ठ मेडिकल सुपरीटेण्डेण्ट डा. फणिन्द्र बरालले शिविरले शारीरिक रुपमा असक्त भएर सदरमुकाम वा नजिकैका स्वास्थ्य चौकीमा जान नसकेका बृद्ध नागरिकहरुलाई बिशेष फाइदा भएको उल्लेख गरे । त्यस्तै, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले रेडक्रसले यस्ता अभियानमा सदैव साथ दिएको बताउँदै मानवीय सेवामा आँपूmहरु सधैँ तयार रहेको उल्लेख गरे । यसैगरी लायन्स क्लब अफ शिवालयका अध्यक्ष बिषमकुमार श्रेष्ठले, लायन्स क्लबले सामाजिक कार्यमा हरेक खालका सहयोग गर्न तयार रहेको बताए ।

श्री शारदा नि.मा.वि. व्यवस्थापन समिति अध्यक्ष तुलसी सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको संचालन पत्रकार संजय रेग्मीले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना