संशोधन प्रस्ताव अघि बढे हातमा दही जमाएर नबस्नेः सचिव भट्टराई
काठमाडौँ, १६ पुस ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सरकारले पेलेर संविधान संशोधन प्रस्ताव अघि वढाए हातमा दही जमाएर नवस्ने चेतावनी दिए । राजधानीको नयाँ वानेश्वरस्थित प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानले गरेको सडक सम्प्रेशण कार्यक्रममा नेता भट्टराईले व्यवस्थापिका संसदमा टेबुल गरी संशोधन विधेयक अघि वढाए एमाले सहितका नौ दलले जस्ताको तस्तै प्रतिकार गर्ने चेतावनी दिए ।
उनले संविधानमा व्यवस्थापिका, कार्यपालिका र न्ययपालीकाको अधिकार क्षेत्रवारे प्रष्ट ढंगले किटान गरेको हुँदाहुँदै पनि सरकारले त्यसको सन्तुलन विर्गान लागेको आरोप लगाए । उनले संशोधन विधेयकबारे अदालनमा मुद्धा विचाराधिन रहिरहेको अवस्थामा सरकार अदालतको खिलाफमा लागेको जिकिर गरे ।
फरक प्रशंगमा नेता भट्टराईले अगामी पुस २२ गते हुने प्रदर्शन पहिलो कदम भएको भन्दै उनले सरकारले संशोधन प्रस्ताव फिर्ता नलिए देशव्यापी आन्दोलन गर्ने जानकारी दिए ।