एमाले पर्वत गाउँ गाउँमा श्रमशिविर सञ्चालन अभियानमा

cpn-uml

सन्तोष थापा,पर्वत/नेकपा एमाले पर्वतले गाउँ गाउँमा जनजागरण अभियान मार्फत श्रम शिविर सञ्चालन गर्दै आएको छ । एमाले पर्वतले हालै सञ्चालन गरेको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत पर्वतको खानीगाउँ, मुडिकुवा, पाङराङ, बाच्छा लगायतका ८ गाविसमा श्रम शिविर अभियान सञ्चालन गरेको हो ।

एमाले पर्वतका सचिव पदमपाणी शर्माले दिएको जानकारी अनुसार कलष्टर नम्बर ५ अन्तर्गत रहेका गाविसहरुमा श्रमशिविर सञ्चालन गरिएको र जिल्लाभर नै शिविर सञ्चालन गर्ने योजना रहेको बताए । जस अन्तर्गत एमाले गाउँ स्तरीय अगुवा कार्यकर्ताको सहभागितामा सार्वजनिक स्थलहरु सरसफाई गर्ने सडक तथा बाटोघाटो मर्मत गर्ने लगायतका कार्यहरु गर्दै आएको शर्माले बताए । उनले ८ ओटै गाविसमा १६ गते एकै साथ श्रमशिविर सञ्चालन गर्ने कार्यक्रम रहेको उनले बताए ।

एमाले पर्वतले संविधान संविधान कार्यन्वयन र स्थानीय निर्वाचनलाई लक्षित गरी अभियान सञ्चालन गरेको हो । पर्वतका १ नगरपालिका र ४७ गाविसलाई विभिन्न कलष्टरमा विभाजन गरेर जिल्ला स्तरीय नेताहरुको नेतृत्वमा अभियान सञ्चालन गर्दै आएको छ । जनजिविका सँग प्रत्यक्ष सम्बन्ध राख्ने तर सर्वसाधारण एक्लैले गर्न नसक्ने कार्यहरु सामुहिक रुपमा सम्पन्न गराउनका लागि श्रम शिविर अभियानले सहयोग पु¥याएको उनले बताए ।

शनिबार खानीगाउँ गाविसका सवै सार्वजनिक स्थलका चोकहरुमा खाडल खनेर फोहोर व्यवस्थापन गर्ने कार्य सञ्चालन गर्न लागिएको स्थानीयबासी एमाले पर्वत जिल्ला कमिटि सदस्य परशुराम सुवेदीले जानकारी दिए । शुक्रबार सञ्चालित खानीगाउँ गाविसको अगुवा कार्यकर्ताको भेलाले उक्त निर्णय गरेको हो ।

भेलामा गाविसका एमाले निकट कार्यकर्ता र नेताहरुको सहभागीता रहेको थियो । भेलालाई एमाले पर्वतका उपसचिव पदमपाणी शर्माले सम्बोधन गरेका थिए । कार्यक्रममा शर्माले कार्यकर्ता माझ एमालेको नीति तथा कार्यक्रमहरु निकै लोकप्रिय रहेको कारण एमालेमा नेपाली जनताको आकर्षण बढेर गएको बताएका थिए ।

कार्यक्रममा एमाले धौलागिरि अञ्चल कमिटिका पुर्व सदस्य देवेन्द्रराज पाण्डेय, सचिवालय सदस्य टिकाराम गौडेल, जिल्ला कमिटि सदस्य परशुराम सुवेदी, जिल्ला कमिटि सदस्य सुरक्षा लामिछाने, एमाले पर्वतका सल्लाहकार केशा परियार लगायतले मन्तव्य व्यक्त गरेका थिए । नारायण लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालन लकास सुवेदीले गरेका थिए भने स्वागत उपाध्यक्ष दिपक पौडेलले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना