पाङ र खानीगाउँमा एमालेको भेला, कुनपा १३ मा युवा संघको वडा कमिटि गठन
भेलामा गाविसका एमाले निकट कार्यकर्ता र नेताहरुको सहभागीता रहेको थियो । जिल्लाको कुश्मा नगरपालिका स्थित पाङमा भेलालाई नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् युवा नेता पदम गिरी, उप सचिव गोविन्द पहाडी, एमाले नेता मेघनाथ सुवेदी, जिल्ला सदस्य शेषराज रेग्मी, रामप्रसाद रिजाल, देवेन्द्र सुवेदी, छबिलाल पौडेल, दिनेश पौडेल लगाएतले मन्तब्य राखेका थिए । वडा अध्यक्ष शंकर रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन हरीकृष्ण सुवेदी र स्वागत केदार पौडेलले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी दुर्गाबहादुर कुवंर एमालेमा प्रवेश गरेका थिए ।
यसैगरी जिल्लाको खानीगाउँमा आयोजीत भेलाले भने जनजागरण अभियान मार्फत श्रम शिविर सञ्चालन गर्ने निर्णय गरेको छ । एमाले पर्वतले हालै सञ्चालन गरेको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत पर्वतको खानीगाउँ, मुडिकुवा, पाङराङ, बाच्छा लगायतका ८ गाविसमा श्रम शिविर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
जस अन्तर्गत एमाले गाउँ स्तरीय अगुवा कार्यकर्ताको सहभागितामा सार्वजनिक स्थलहरु सरसफाई गर्ने सडक तथा बाटोघाटो मर्मत गर्ने लगायतका कार्यहरु गर्दै गर्ने खानीगाउँ कमिटिका अध्यक्ष नारायण प्रसाद लामिछानेले बताए । उनले ८ ओटै गाविसमा १६ गते एकै साथ श्रमशिविर सञ्चालन गर्ने कार्यक्रम रहेको उनले बताए ।
शनिबार खानीगाउँ गाविसका सवै सार्वजनिक स्थलका चोकहरुमा खाडल खनेर फोहोर व्यवस्थापन गर्ने कार्य सञ्चालन गर्न लागिएको स्थानीयबासी एमाले पर्वत जिल्ला कमिटि सदस्य परशुराम सुवेदीले जानकारी दिए । शुक्रबार सञ्चालित खानीगाउँ गाविसको अगुवा कार्यकर्ताको भेलाले उक्त निर्णय गरेको हो ।
भेलामा एमाले पर्वतका सचिव पदमपाणी शर्मा, पुर्व धौलागिरि अञ्चल कमिटिका पुर्व सदस्य देवेन्द्रराज पाण्डेय, जिल्ला कमिटि सदस्य परशुराम सुवेदी, टिकाराम गौडेल, जिल्ला कमिटि सदस्य तथा खानीगाउँ इन्चार्ज सुरक्षा लामिछाने, जिल्ला सल्लाहकार केशा परियार, एमाले पर्वतका सल्लाहकार केशा परियार, पुर्व गाउँ कमिटिका सचिव विष्णु शर्मा लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए । नारायणप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालन लकास सुवेदीले गरेका थिए भने स्वागत उपाध्यक्ष दिपक पौडेलले गरेका थिए ।
कुश्मा नगरपालिका १३ मा युवा संघ गठन
युवा संघ नेपाल जिल्ला कमिटी पर्बतको आयोजनामा शुक्रबार कुश्मा नगरपालिका १३ कटुबाचौपारीमा युवा संघ वडा कमिटि गठन भएको छ । जिल्ला कमिटि सदस्य महेश अधिकारीको सभापतित्वमा सम्पन्न भेलाले बिदुर लामिछानेको अध्यक्षतामा २३ सदस्यीय युवा संघ वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मिलन पौडेल, सचिबमा नारायण अधिकारी, सह–सचिवमा अमित पौडेल र कोषाध्यक्ष पुजा अधिकारी रहेका छन् ।
यसैगरी सदस्यहरुमा राजन पौडेल दिलिप अधिकारी, राजेश अधिकारी, सुमन अधिकारी, अनुप अधिकारी,सुजन अधिकारी,कञ्चन अधिकारी, मदन अधिकारी ,राजेश पौडेल, बिजय पौडेल, बिष्णु के सि ,अमर पराजुली, बिकास तिवारी लगायत रहनु भएको छ ।
सो अबसरमा जिल्ला कमिटि सदस्य प्रेम नारायण शर्मा अधिकारी, नगर कमिटि उपाध्यक्ष गणेश शर्मा अधिकारी , नगर कमिटि सचिव हरिचन्द्र अधिकारी, वडा नं. १४ का वडा कमिटि अध्यक्ष बिष्णु निधि पौडेल, युवा सघं जिल्ला कमिटि उपाध्यक्ष थमनारायण पौडेल र जिल्ला कमिटि उप– सचिव नवराज गिरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन अमित पौडेलले गर्नु भएको थियो ।