तीन वर्षकी बालिकादेखि ७० वर्षकी वृद्धासमेत बलात्कृत

दोलखामा तीन वर्षमा ३४ वटा बलात्कारका घटना भए । पाँच बजरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता भएको छ । भूकम्पपछि बलात्कार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । २०७२ साल वैशाखपछि मात्रै १५ वटा बलात्कार घटना भएको उजुरी प्रहरी कार्यालयमा परेको छ । यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ।

भूकम्पपछिको अस्थायी र असुरक्षित बसाइका कारयो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ।ण महिलाहरु बलात्कारको सिकार भएको प्रहरीले जनाएको छ । तीन वर्षमा तीन वर्षकी बालिकादेखि ७० वर्षकी वृद्धासम्म बलात्कार सिकार भएकी छन् । दुइ जना सुस्त मनस्थितिका महिला पनि बालात्कृत भएका छन् ।

छिमेकी र आफन्तबाटै बालात्कृत भएकी एक किशोरी र तीन युवती भने आमा भएका छन् ।

चरिकोट कारागारमा अहिले २९ जना बलात्कारीले कारबाही भोगिरहेका छन् । तीन घटनामा १५ वर्षभन्दा कम उमेर बालिका रहेका छन् । एउटा सामुहिक बलात्कार घटना भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

देशभर मौसम बदली, वर्षाको सम्भावना

बन्दीपुरकाे केबलकारभित्रै खान-सुत्न पाइने, तीन अर्ब लागतमा बन्दैछ केबलकार, रेस्ट्रोकार र तारे होटल

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

वैदेशिक रोजगारले बढायो सम्बन्धविच्छेद,-पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उकालो लाग्दो

कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण