प्रमाणपत्र धितोमा ऋण दिन बैंक अनिच्छुक

 प्रमाणपत्र धितोमा ऋण दिन बैंक अनिच्छुक

 

सरकारले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि शैक्षिक कर्जा दिने योजना ल्याएको भए पनि त्यसमा बैंकहरु नै अनिच्छुक देखिएका छन् ।सरकारले विशेष गरी युवावर्गलाई लक्षित गर्दै ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिन बैंकहरुले नै चासो नदेखाएका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले राहत पाउन नसकेका हुन् ।

सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । यस घोषणासँगै यस विषयले चर्चा पाएपनि कार्यान्वयनको पाटो भने निकै कमजोर देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले नै चासो नदेखाएका कारण यस्तो कर्जा लक्षित वर्गसम्म पुग्न सकेको छैन । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म करिब ११ अर्ब रुपैयाँ कर्जा शैक्षिक प्रमाणपत्र धितो राखेर प्रवाह भएको छ ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

 

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा