देउराली र मुडिकुवामा एमाले पर्वतको गाउँ जागरण अभियान

cpn-uml
१४ पौष, पर्वत/नेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत जिल्लाको उत्तरी गाविस देउराली र दक्षिणी गाविस मुडिकुवामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएका छन । संविधान कार्यन्वयन र स्थानीय निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको अभियान अन्तर्गत उक्त भेला सम्पन्न भएका हुुन ।
भेलामा गाविसका एमाले निकट कार्यकर्ता र नेताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने बत्ताहरुले कार्यकर्ता माझ एमालेको नीति तथा कार्यक्रमहरु निकै लोकप्रिय रहेको कारण एमालेलेमा पछिल्लो नेपाली जनताको आकर्षण बढेर गएको बताएका थिए ।
कार्यक्रममा एमाले पर्वतका अध्यक्ष पदम गिरी, प्रचार विभाग प्रमुख लालबाहादुर अधिकारी, सचिवालय सदस्य दाताराम चापागाई, जिल्ला सदस्य नन्दमाया पुन, डम्मर विक, क्षेत्रिय कमिटि सदस्य देवेन्द्र केसी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । देउराली गाउँ कमिटिका अध्यक्ष रनबहादुर पुनको अध्यक्षतामा सञ्चालीत भेलाको सञ्चालन जीतबहादुर बरुवाल र स्वागत मन्तब्य राजेन्द्र खडकाले ब्यक्त गरेका थिए ।
यसैगरी मुडिकुवा गाविसमा आयोजीत भेलालाई एमाले सचिव पदमपाणी शर्मा, उप सचिव गोविन्द पहाडी, सचिवालय सदस्य टिकाराम गौडेल, पुर्व अञ्चल कमिटि सदस्य देवेन्द्र पाण्डे, जिल्ला सदस्य परशुराम सुवेदी, जिल्ला सल्लाकार चेतनाथ कुँवर, क्षेत्रीय सदस्य विष्णु तिवारी, अनेरास्ववीयू जिल्ला प्रचार प्रमुख लकास सुवेदी, गैससकर्मी राजेन्द्र पौडेल लगाएतले मन्तब्य गरेका थिए ।
भेलाले ४ महिने बृहत कार्य योजना समेत निर्माण गरेको छ । भेलाले वडा कमिटि निर्माण, बाटो निर्माणमा प्राथमिकता दिने गरी निर्णय गरेको थियो । भेलाको अवसरमा बालकृष्ण विक, मिना सुनार, सुमित्रा सुनार, कमला देवी सुनार, सुन्तली सुनार देवी सुनार लगाएतका दुई दर्जन भन्दा बढि अन्य पार्टीका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।
मुडिकुवा गाउँ कमिटि अध्यक्ष कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँ कमिटि सचिव उपेन्द्र तिवारीले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा