ट्रक ड्राइभरको साथमा ७ केजी सुन !

ट्रक ड्राइभरको साथमा ७ केजी सुन !

प्रहरीले सात केजी अवैध सुनसहित ट्रकचालकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बुधबार साँझ रसुवाको नाका हुँदै चीनबाट तस्करी गरी ल्याइएको सुन बरामद गरेको हो ।

करिब साढे तीन करोड रुपैयाँ मूल्यबराबरको सुनको मालिकबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका ट्रकचालक र गिरोहबारे बिहीबार सार्वजनिक गर्दै छ ।

प्रहरीका अनुसार तस्करीमा संलग्न गिरोहले चालकलाई भरियाका रूपमा प्रयोग गरी सुन काठमाडौंमा तस्करी गराएको थियो । स्रोतका अनुसार सो गिरोहले ठूलो संख्यामा काठमाडौंमा सुन तस्करी गर्दै आएको छ । ठूला गिरोहहरू सुन तस्करीमा संलग्न भए पनि भरिया मात्र पक्राउ पर्ने गरेका छन् ।

चीनबाट ठूलो मात्रामा सुन नेपालमा तस्करी भइरहेको छ । पछिल्लो समय बजारमा सुन अभाव भएकाले पनि तस्करी बढेको हो । एक साताअघि मात्र रसुवामा तस्करीको पाँच केजी सुन बरामद भएको थियो ।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।

तस्करीको बढीमा १० प्रतिशत सुन मात्र बरामद भइरहेको प्रहरी स्रोत बताउँछ । बैंकहरूबाट किन्दा भन्दा तस्करीको एक किलो सुन बिक्री गर्दा करिब पाँच लाख रुपैयाँ नाफा हुने भएकाले पसलेहरूले समेत तस्करीको सुन किन्ने गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा