भारतले नेपाल र भुटानमा रहेको भारु साट्न विशेष व्यवस्था गर्ने

भारतले नेपाल र भुटानमा रहेको भारु साट्न विशेष व्यवस्था गर्ने

भारतमा पुराना ५०० र १००० का नोट साट्ने समय सीमा सकिन २ दिनमात्र बाँकी रहँदा भारतले नेपाल र भुटानमा रहेका पुराना नोट त्यसपछि साट्न विशेष व्यवस्था गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा गरेको घोषणाअनुसार शुक्रबारदेखि पुराना नोट साट्न पाइने छैन । तर भारत सरकारले डिसेम्बर ३० देखि रिजर्भ बैंक अफ इन्डियाले तोकेका केही ठाउँमा मार्च ३१ सम्म नोट जम्मा गर्न सकिने जनाएको छ । त्यस पछाडि पनि पुराना नोट राखे कारवाही गर्ने कानुन भारतले बुधबार मात्र सार्वजनिक गरेको छ ।

भारतीय अधिकारीहरूका अनुसार समय सीमा सकिए पनि नेपाल र भुटानको हकमा भने केही विशेष व्यवस्थाको तयारी भइरहेको छ । यस अगाडि नेपालले पुराना भारु साट्न गरेको आग्रहमा भारतीय अधिकारीहरूले आफूहरूलाई पहिला आन्तरिक समस्या मिलाउनलाई समय दिन आग्रह गरेका थिए । भारतीय अधिकारीहरूले नेपाली पक्षलाई त्यो आफूहरूले समाधान गर्ने विषय भन्दै धेरै चिन्ता नगर्न भन्ने गरेका छन् ।

यस अगाडि नेपाल राष्ट्र बैंकको एक टोली भारतीय पक्षसँग कुराकानी गर्न आउने तयारी भएको थियो । तर, भारतीय पक्षले आफ्नो सरकारले नोट साट्ने व्यवस्था मिलाउँदै गरेको जनाएर नेपालको टोली तत्काल आउन आवश्यक नभएको बताएको थियो । स्रोतका अनुसार भारत सरकारले नेपालमा रहेका भारु साट्ने व्यवस्था मिलाउन एक टोली पठाउनेछ । नेपालले भने यस अगाडि नै नोट साट्ने प्रबन्धका लागि एउटा सफ्टवेयर निर्माण गरिसकेको छ । स्रोतका अनुसार सम्भवत: जनवरी पहिलो साता भारतले भारु साट्ने प्रयोजनका लागि टोली नेपाल पठाउनेछ ।

भारतीय एक अधिकारीले नेपाली नागरिकसँग रहेका ५०० र १००० को नोट बैंकमार्फत साट्ने व्यवस्था मिलाउन केही समय दिइने बताए । उनका अनुसार नगदमा साट्नेभन्दा पनि नेपालीसँग भएका भारु बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिनेछ, जसका लागि बैंक खाता आवश्यक पर्नेछ ।

नेपालले आफ्ना नागरिकसँग भएको भारु कम्तीमा २५ हजारसम्म साटिदिन आग्रह गरेको छ, तर भारत यसमा सहमत हुने हो अथवा होइन भन्ने यकिन छैन । नेपाल सरकारले पुराना नोट साट्न कम्तीमा १० दिनको समय आवश्यक पर्ने जानकारी भारतीय पक्षलाई गराएको छ ।यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा