हलगोरु बेचेर पावर टेलर किन्दै पर्वतका किसान

15776413_966005476866019_784763978_oसंजय रेग्मी/समयको परिवर्तनसंगै कृषिमा पनि आधुनिकिकरणका कुराहरु उठीरहेका छन । नेपालको तराई क्षेत्रमा ट्रयाक्टर लगाएर खेतबारी जोतिन्छ भने पहाडी क्षेत्रमा गोरुको प्रयोग गरिन्छ । तर आजभोली भने पहाडका किसानहरु पनि गोरु पाल्न छोड्दै गएका छन ।

जोत्न र खन्नका लागि मिनि पावर टिलर अर्थात पेट्रोलियम पदार्थ राखेर मोटरको सहायताले खानजोत गर्ने मसीनका कारण गोरु पाल्नमा भन्दा यही मसीनको प्रयोगमा कृषकहरुको आकर्षण बढेको छ । जोत्नका लागि प्रयोग गरिने पावर टिलर लिनकै लागि जिल्ला कृषि विकास कार्यालय पर्वतको प्राङ्गणमा मेला वा प्रदर्शनी नै भएजस्तै गरी कृषकहरुको खचाखच भीड देखिन्छ । कार्यालयमा जम्मा भएका कृषकहरु मिनि टिलरले कसरी काम गर्छ ? अनी यसलाई कसरी चलाउने भनेर सिक्नमा ब्यस्त देखिन्छन ।

२ बर्षदेखि पावर टिलर हलो प्रयोग गर्दै आएका पर्वतको पकुवाका कृषक कृष्ण प्रसाद पौडेल भन्छन, “मलाई निकै सजिलो भएको छ । फुर्सदको समयमा बिहान बेलुका खेतबारी जोत्छु, दिउसोमा अरु काम गर्न भ्याएकै छु । गोरु खाज्ने, हलाजुवा जुटाउने बाउसे खोज्ने लगायतका टन्टा गर्न नपरेपछि मलाई खेतीपाती गर्न सजिलो भएकै छ ।” परम्परागत शैलीले गोरु पालेर खोतबारी जोत्नमा भन्दा आधुनिक उपकरणबाट काम छिटो हुने भएपछि पर्वतका किसानहरु आधुनिक हलो मिनि पावर टेलर किन्न हौसिकएका छन् । बजारमा पावर टिलर आएपछि कुश्मा नगरपालिका कटुवाचौपारीका तरकारी कृषक बिष्णु शर्माले अघिल्लो बर्ष आँफुले पालेका १ हल गोरु बेचे । शर्मा जस्तै पर्वतका कृषकहरु गोरु बेचेर पावर टिलर हलो किन्नमा आकर्षित छन । आधुनिक हलो किन्नकै लागि कृषि विकास कार्यालयमा आउनुभएका लिमिठानाका अशोक क्षेत्रीले भने, “गाउँमा भएका युवाहरु रोजगारी का लागि बिदेशीँदा गाउँमा जनशक्ति को अभाव छ । काम गर्ने मान्छे पाउनै मुस्किल छ । तर पावर टेलरलाई एक्लैले चलाएर पनि खनजोतका काम गर्न सकिने रहेछ ।” बर्खा याममा मिनि पावर टेलरले राम्रो काम नगर्ने भएपनि अघिपछिका लागि भने निकै सहज हुने कारणले पछिल्लो २ बर्षमा पर्वतमा मिनि पावर ट्रेलर प्रयोग गर्ने कृषकहरुको संख्या ह्वात्तै बढेको छ । यो आर्थिक बर्षमा जिल्लामा मिनि पावर टेलरको माग अझै बढेको कारण माग अनुसार आपूर्ति गर्न नै धौ धौ परेको बरीष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीको भनाई छ ।15785736_966005483532685_1383430845_o

पावर टेलरको माग बढेपछि जिल्ला कृषि विकास कार्यालयले १६ लाख रुपैयाँ पावर टेलर अनुदान कार्यक्रमको लागि छुट्याएको छ । ७५ हजार रुपैयाँ सम्म पर्ने पावर टेलर मसिनमामा कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदान दिएको छ । कृषि विकास कार्यालय पर्वतले यसवर्ष भौगोलिक अवस्था र कृषकहरुको व्यवसायलाई हेरेर ८ देखि २० हर्ज पावरका ४० टेलर हलो वितरण गर्ने छ । त्यसपछि चालु आर्थिक वर्षमा धान चुट्ने मेसिन पनि वितरण गर्ने कार्यालयको तयारी छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना