ड्रोन क्यामरा उडाइरहेका दुईजना विदेशी पक्राउ

dron-650x414पर्वत, पुस १३ – अवैधरुपमा ड्रोन क्यामेरा उडाएका सिंगापुरका एकजना र स्पेनका एकजना नागरिक कुश्मा ज्ञादी झोलुङ्गे पुल नजिकैबाट पक्राउ परेका छन् ।

विदेशी नागरिकले ड्रोन क्यामेरा उडाई रहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्पेनी नागरीक पासपोर्ट नम्बर पिएडी ४३४३१० भएका डेल्गाडो लजारो र सिंगापुरे नागरीक पासपोर्ट नम्बर इ ५४५८७६३ सी भएका त्यो जीक्वी लिजाना रहेका छन् । नेपाल ड्रिम ट्राभल एण्ड ट्रेक एजेन्सीमार्फत काभ्रे बाल्टिङ बस्ने २९ वर्षका नबराज मैनालीको सहयोगमा उनीहरु घुम्ने उद्देश्यका साथ ड्रोन क्यामेरा लिएर आएका थिए । उनिहरुसँग ड्रोन क्यामेरा सञ्चालनको लागि अनुमतिपत्र नभएका कारण नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतको समन्वयमा, ड्रोन क्यामेरा उडान सम्बन्धी अनुमतिपत्र ल्याउनेगरी नीजहरुलाई छाडिएको छ । क्यामेराहरु थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा राखिएको प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई