उद्यमी बन्न सीप सिक्दै पर्वतको त्रिवेणीका महिलाहरु

udami4-750x430गाउँ गाउँमा महिलाहरुले सिप सिकेर उद्यमी बनेको सुनेकी पर्वतको त्रिवेणीकी गीता रानालाई पनि सिप सिकेर उद्यमी बन्ने रहर थियो । सिप सिक्न गाउँमै तालिम दिने गरी लघु उद्यम विकास कार्यक्रम आउने सुनेपछि उनी तालिम लिन निकै उत्सुक बनिन् । उनी मात्र होइन, जिल्लाको त्रिवेणी गाविस वडा न ७ र ८ चिन्देखर्कका २२ जना महिला दिदिवहिनी सीपमूलक तालिम लिन इच्छा ब्यक्त गरे ।

तालिम लिने इच्छा ब्यक्त गरेका उनीहरु अहिले लघु उद्यम विकास कार्यक्रमको सहयोगमा सञ्चालीत एक महिने बासजन्य समाग्री उत्पादन सम्बन्धि तालिममा सहभागी छन । ‘दिनभर काम नहुँदा समय त्यसै वितेर जान्छ’ तालिममा सहभागी टिका राना भन्छिन–‘समयको सदुपयोग गर्दा केहि आम्दानी पनि हुन्छ ।’
तालिम लिएर उद्यमी बन्ने रहर जागेका चिन्देखर्कका २२ महिला दिदिवहिनीहरुका लागि सेवा पर्वत मार्फत लघु उद्यम विकास कार्यक्रमले आर्थिक सहयोग गरेपछि सहभागीहरु निकै उत्सुकताका साथ तालिम लिइरुहेको तालिमका प्रशिक्षक कालीदास चापागाई बताउँछन । ‘१० दिनमै मोडाको लागि आधारभूत कुराहरु सिकेसके’ चापागाई भन्छन–‘मगरको बस्तीका सहभागीहरुले अर्को कुनै ब्यवसाय सञ्चालन गरेका छैनन ।’ चिन्देखर्कमा अहिले घरबास (होमस्टे) सेवा समेत सञ्चालनमा छ । होमस्टे सेवा लिन आएका पाहुनाहरुले समेत बासजन्य समाग्रीहरु खरिद गर्नसक्ने हुँदा उत्पादनको बजारमा कुनै समस्या नभएको सेवा पर्वतकी अध्यक्ष सेती महत बताउँछिन । लघु उद्यमीको उत्पादनलाई बजार प्रवद्र्धन गर्नका लागि पर्वत उद्योग बाणिज्य संघ समेत तयार रहेको बताँउदै संघका उद्योग उ
पाध्यक्ष शिव शर्मा पौडेलले तालिममा सहभागीहरु ब्यवसायीक रुपमा लाग्नुपर्ने बताउँछन ।

mahila-udami
तालिममा सहभागीहरुले बासबाट उत्पादन हुनसक्ने मोडा, ¥याक र सजावटका समाग्रीहरु निर्माण सम्बन्धि सीप सिकीरहेका छन । त्रिवेणी गाविसबाट हुवासको हातेमालो बजार, स्mahila-udami-2याङजाको वालिङ र पर्वतको कुश्मा बजारमा उत्पादनका सामाग्रीहरु विक्रीका लागि तालिम आयोजक संस्थाले सहयोग पुराउने गरी ब्यवस्था गरेको छ । अर्थ वीट साप्ताहिकमा खबर छ

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा