मञ्च भत्किएपछि कांग्रेस नेता र मन्त्रीहरू भागाभाग
धादिङको मिलनटोलमा निर्माण हुन लागेको बीपी स्मृति भवनको सिलान्यास समारोहको मञ्च भत्किएको छ । समारोह भइरहेको बेला मञ्च भत्किएको हो ।
त्यसबेला मञ्चमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेलगायतका ४८ जना नेता कार्यकर्ता थिए । मञ्च भत्किएपछि केही समय भागदौड मच्चिएको थियो । राजधानी दैनिकले समाचार छापेको छ ।
सो घटनामा नेपाल महिला संघकी नेतृ भगवती पौडेलको खुट्टा भाँच्चिएको छ । त्यसबेला उनी पाहुनाहरुलाई माला लगाएर स्वागत गर्दै गरेकी थिइन् ।
सोही बेला कास्की, चितवन, सिन्धुली जिल्लाका पार्टी सभापतिहरु, नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईलगायत जिल्लास्तरीय ४८ जना नेता कार्यकर्ताहरुले अतिथी आसन गरिसकेका थिए । उद्घोषकले अन्यको नाम बोलाउँदै गर्दा मञ्च भत्किएको थियो ।
नेपाली कांग्रेसका जिल्ला सभापति रमेश धमलाले ओरालो जमिनमा फलामे मञ्चको उचित व्यवस्थापन गर्न नसक्दा पूरै मन्च ढल्न पुगेको बताए । सो भवन २ करोड ८६ लाख रुपैयाँमा बन्न लागेको हो ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत थियो ।
– See more at: http://www.dainiknepal.com/2016/12/200002.html#sthash.bbtWQQcG.dpuf