प्रेम विवाह गरेको चार महिनामै श्रीमतीले खुँडा हान्दा श्रीमानको मृत्यु

 प्रेम विवाह गरेको चार महिनामा नै खुँडा हानाहान हुँदा रुपन्देहीको रुद्रपुरमा श्रीमानको ज्यान गएको छ भने श्रीमती घाइते भएकी छन् ।

रुद्रपुर–२ पिपरीचापा माथिल्लो फायरलाइनमा सोमबार बिहान करिब ३ बजे भएको सो घटनामा २४ वर्षीया शिला बुढाले खुकुरी र खुँडा प्रहार गर्दा २३ वर्षीय श्रीमान श्याम बुढाको ज्यान गएको हो । उनीहरुबीच कोठाभित्रै आपसमा खुँडा हानाहान भएको थियो ।

इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी जवान बाबुराम आचार्यले आपसी झगडामा घरेलु हतियार खुकुरी र खुँडा हानाहान भएको बताए ।

उनका अनुसार श्यामको टाउकोमा चोट लागेको थियो । उपचारका क्रममा उनको ज्यान गएको हो । शिला बुढाको भने हातमा चोट लागेको छ ।

आइतबार राति छिमेकी कहाँ किरियापुत्री कुर्न घरबाट निस्किएका श्याम राति अबेर फर्किएपछि झगडाले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।

गत २ भदौमा प्रेम विवाह गरेका श्याम पशुपति उच्च मावि सालझण्डीमा कक्षा ११ मा अध्ययनरत थिए । शिला सालझण्डीमै ब्युटिपार्लर चलाउँछिन् । बुढाको परिवारमा २ बहिनी, १ भाइ तथा बुबा र आमा छन् ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ