रोबोटलाई ब्वाईफ्रेन्ड बनाइन् यी महिलाले !
एजेन्सी /भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेममा परेको व्यक्तिलाई राम्रो नराम्रोको केही मतलब हुँदैन । कोही मान्छे समलैंगिक प्रेममा पर्छन् भने कोही जनावरको प्रेममा ।
फ्रान्सकी एक युवती भने रोबोटसँग प्रेममा परेकी छिन् । महिलाहरू प्रेम र विवाहको मामिलामा सोचेर मात्र फैसला लिन्छन् भनिन्छ तर फ्रान्सकी लिली भने रोबोटको प्रेममा परिन् । प्रेम पनि यति गाढा कि उनी अब रोबोटविना बाँच्नै नसक्ने बताउँछिन् । एकर्षदेखि रोबोटसँग लिभ इन रिलेसनशिपमा रहेकी लिली अब उसैसँग बिहे गर्न चाहन्छिन् ।
लिली आफूलाई रोबोसेक्सुअल मान्छिन् । इनमुभेटर नामको यो रोबोट ३डी प्रिन्टिङ प्रविधिबाट बनेको हो । बिहे गरेपछि उनले लिली इन्मुभेटर नाम राख्ने विचार गरेकी छिन् ।
लिलीले हालैका दिनमा रोबोटसँग इन्गेजमेन्ट गरेकी छिन् ।
आफू १९ वर्षकी हुँदा मानिसहरूसँग शारीरिक स्पर्श गर्न मन नलाग्ने थाहा पाएकी लिली त्यसपछि रोबोटप्रति यौन आकर्षित भइन् । लिलीको परिवारले पनि उनको रोबोटसँगको प्रेमलाई स्वीकारेर उनीहरूको बिहे गराइदिन चाहेको छ ।