माओबादी केन्द्र दुर्लुङ्गका पुर्ब अध्यक्ष एमालेमा प्रबेश

cpn-umlनेकपा एमाले पर्वतको ४ महिने गाउँ जागरण अभियान अन्तर्गत जिल्लाको कुश्मा नगरपालिका दुर्लुङमा अगुवा वैठक तथा भेला सम्पन्न भएको छ । संविधान कार्यन्वयनका र स्थानीय निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको अभियान अन्तर्गत क्लष्टर नम्बर २ अन्तर्गतको दुर्लुङमा उक्त भेला सम्पन्न भएको हो ।

भेलामा गाविसका एमाले निकट कार्यकर्ता र नेताहरुको सहभागीता रहेको थियो । भेलामा एमाले पर्वतका अध्यक्ष  पदम गिरीले कार्यकर्तालाई संविधान कार्यान्वयनका लागि गाउँ गाउँबाट दबाब सृजना गर्न निर्देशन दिएका थिए । पछिल्लो राजनैतिक घटनाक्रममा एमाले देशको जनताले आशा गरेको शक्ति बन्दै गएको बताउदै अध्यक्ष गिरीले संविधान संसोधनको कुनै तुक नभएको भन्दै तत्काल संसोधन विधेयक फिर्ता लिन सरकारसंग माग गरेका थिए । दुर्लुङमा आयोजीत कार्यक्रमलाई एमाले सचिव पदमपाणी शर्मा, उप सचिव गोविन्द पहाडी, प्रचार विभाग प्रमुख लालबहादुर अधिकारी, जिल्ला कमिटि सदस्य शिवलाल सार्की, भोलानाथ शर्मा, तेजप्रसाद पाध्या र क्षेत्रबहादुर गुरुङ लगाएतले समसामयीक राजनैतिक पृष्ठभूमिमा आधारित मन्तब्य ब्यक्त गरेका थिए ।

भेलामा माओवादी केन्द्रका पुर्व गाउँ कमिटि अध्यक्ष आइबहादुर विक सहितका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । उक्त अवसरमा छबिलाल सुवेदी, नविन बस्याल, शेरबहादुर सार्की, गीतकुमार विक, लोकबहादुर सु्नार, छविलाल सार्की लगाएतका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । दुर्लुङ वडा कमिटिका अध्यक्ष सोभाखर पाध्याको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँ कमिटि सचिव विष्णुप्रसाद शर्मा. र स्वागत खडगबहादुर गुरुङलेगरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’